१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड

उपभोक्तासँगै व्यवसायीको अधिकार पनि संरक्षण हुनुपर्छः अध्यक्ष मिश्र

उपभोक्तासँगै व्यवसायीको अधिकार पनि संरक्षण हुनुपर्छः अध्यक्ष मिश्र
अ अ+ अ-

काठमाडाैँ । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले उपभोक्तासंगै व्यवसायीको अधिकारलाई पनि ख्याल राख्नुपर्ने बताउनुभएको छ ।

नेपाल बार एशोसिएशन उपभोक्ता कानून सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरू–उपभोक्ता अदालतको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष मिश्रले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य र सुरक्षामा प्रत्यक्ष असर पर्ने घटनामा कारबाही आवश्यक भएपनि कारबाहीसँगै हुने सार्वजनिक प्रचारप्रसारले व्यवसायीको अधिकारसमेत प्रभावित हुने बताउनु भयो ।

उहाँकाअनुसार कुनै पसलमा वा कम्पनीका अखाद्य बस्तु भेटिएपछि कानूनबमोजिम कारबाही भएपछि पनि सामाजिक सञ्जाल र प्रचारप्रसारमार्फत व्यवसायलाई पूर्ण रूपमा ध्वस्त पार्ने प्रवृत्ति भईरहेको छ । कानूनी सजाय पाईसकेपछि पनि सामाजिक रूपमा आजीवन सजाय दिने अवस्था उचित हुन्छ कि हुँदैन भन्नेकुरामा विचार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

एउटा गल्तीका आधारमा राष्ट्रिय उद्यमीलाई समाप्त पार्नेभन्दा सुधारको अवसर प्रदान गर्ने प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । चिकित्सा क्षेत्रको उदाहरण दिँदै उहाँले चिकित्सकहरूले दीर्घ अध्ययन र व्यावसायिक मापदण्डअनुसार उपचार गरेपनि कहिलेकाहीँ अप्रत्याशित परिणाम आउन सक्ने बताउनु भयो । त्यस्ता घटनामा कानूनी क्षतिपूर्तिसँगै सामाजिक प्रतिष्ठामाथि हुने क्षतिका बारेमा पनि न्याय प्रणाली संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले नेपालमा उपभोक्ताको न्यायका क्षेत्रमा विगतदेखि नै कानूनी अभ्यास र प्रयास हुँदै आएको उल्लेख गर्नुभयो ।