१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप



अ+ अ-

काठमाडाैँ । सुकुम्बासीमाथि राज्यले दुव्र्यवहार र आतंक मच्चाएको आरोप लगाउँदै अखिल नेपाल युवक संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संघले आईतवार सरकार जनविरोधी नीतिमा अघि बढिरहेको भन्दै काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । संघले प्रहरीको अमानवीय व्यवहारका कारण गणेश नेपाली आत्मदाहको प्रयास गर्न बाध्य भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ ।

संघका अध्यक्ष सुवास जिसीले सुकुम्बासीमाथि भएको राज्यको व्यवहार र गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाइएको कारण आफूहरु  प्रदर्शनमा उत्रिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुकुम्बासीमाथि राज्यद्वारा दुव्र्यवहार गर्ने र आतंक गर्ने जुन भएको छ यसका विरुद्ध हामी आन्दोलनमा आएका छौँ । प्रहरीद्वारा जुन प्रकारको अमानवीय ढङ्गले व्यवहार गरियो र त्यसको कारणले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति सिर्जना भयो । यो दुईवटा विषयहरूलाई लिएर चाहिँ हामी आन्दोलनमा आएका हौँ ।’

सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।