१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

खरिपाटी होल्डिङ सेन्टर पुगे मन्त्रीहरू



अ+ अ-

काठमाडाैँ । भक्तपुरको खरिपाटीस्थित सुकुम्बासी होल्डिङ सेन्टरको अवस्था बुझ्न सरकारका पाँच मन्त्रीले संयुक्त रूपमा निरीक्षण गरेका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई अस्थायी रूपमा खरिपाटी सारिएको थियो। स्थानान्तरणपछि उनीहरूको बसोबास, स्वास्थ्य तथा अन्य आधारभूत सेवाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादव तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी खरिपाटी पुगेका हुन्।

निरीक्षणका क्रममा मन्त्रीहरूले सम्बन्धित निकायका अधिकारीसँग होल्डिङ सेन्टरको व्यवस्थापन, बसोबासको अवस्था तथा आवश्यक सेवा–सुविधाबारे जानकारी लिएका थिए।

यसैबीच, सुकुम्बासीलाई व्यवस्थित गर्ने नाममा सरकारले झन् थप सास्ती दिएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको छ। प्रभावितहरूका लागि पर्याप्त आधारभूत सुविधा, सुरक्षित आवास र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न सरकारमाथि दबाब बढ्दै गएको छ।