२८ असार २०८३, आईतवार
,
Latest
कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन, विभिन्न क्षेत्रका कार्यक्रम प्रभावकारी बनाइने सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको चेतावनी नेपाली सेनाद्वारा घाइतको हवाई उद्धार पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय… दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे विवरण संकलन अद्यावधिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा एकतिहाइ मात्र मल आपूर्ति



अ+ अ-

काठमाडाैँ । गोरखामा धान रोपाइँको मुख्य समयमा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएको छ । जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ । कार्यालय प्रमुख कुलप्रसाद तिवारीका अनुसार प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ ।

स्थानीय तहले समूह र सहकारीमार्फत किसानलाई मल वितरण गरिरहेका छन् । “हामीले मल ल्याएर कोटा छुट्याइ पालिकालाई उपलब्ध गराउँछौँ, पालिकाले समूह र सहकारीमार्फत किसानलाई वितरण गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “तर केही स्थानमा सहकारीका सदस्यलाई मात्र मल वितरण गरिएको र अन्य किसानले मल नपाएको गुनासो पनि आएको छ ।” रोपाइँ, गोडमेल र बाला लाग्ने समयमा मलको आवश्यकता बढी हुने भएकाले आपूर्ति बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।

गोरखा नगरपालिका–१० छेपेटारका कृषक विष्णु पाठकले पर्याप्त मल नपाउँदा खेती गर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले तीन घण्टा लाइनमा बसेपछि पाँच किलो मात्र मल पाएको बताउनुभयो । महादेवटारी सहकारी संस्थाकी अध्यक्ष शेल्चा तामाङका अनुसार छेपेटार टोलका करिब १५० कृषक परिवारलाई दामासाहीका आधारमा पाँच–पाँच किलो मल वितरण गरिएको हो । “१०० बोरा मल आएको भए सहज हुन्थ्यो, तर जम्मा १५ बोरा मात्र प्राप्त भयो”, उहाँले भन्नुभयो, “जति आएको थियो, सबैलाई पाँच–पाँच किलोका दरले बाँडेका छौँ ।”

पालुङ्टार नगरपालिका–१० मा धान रोपाइँ सुरु भएको करिब दुई सातासम्म पनि धेरै किसानले मल पाउन सकेका छैनन् । मागको तुलनामा आपूर्ति अत्यन्त न्यून भएकाले सबै किसानलाई वितरण गर्न नसकिएको वडा अध्यक्ष रिखीराज धौरालीले बताउनुभयो । “हाम्रो वडामा चारदेखि ५०० किसान छन्, तर जम्मा ३२ बोरा मल आएको छ,” उहाँले भन्नुभयो, “दुई वटा सहकारीलाई १६–१६ बोरा उपलब्ध गराएका छौँ । उनीहरूले वितरण गरिरहेका छन् ।” यसवर्ष चैतमा लगाइएको धान मरुवा रोगका कारण नष्ट भएको र अहिले मल अभावले किसान थप समस्यामा परेको उहाँको भनाइ छ ।




भर्खरै