काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार प्रसाईं झापाबाट काठमाडौं आएका बेला विमानस्थल परिसरभित्र कार्यक्रम गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले विमानस्थलभित्र सार्वजनिक कार्यक्रम गर्न नदिने व्यवस्था भएकाले उनलाई नियन्त्रणमा लिइएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार प्रसाईंलाई आवश्यक सोधपुछपछि विमानस्थल बाहिर लगेर छाडिने सम्भावना रहेको छ।











