१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ



अ+ अ-

काठमाडौं । मुगुका २५ वर्षीय पठाओ चालक गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनको घटनाले प्रतिनिधिसभामा समेत भावनात्मक वातावरण सिर्जना गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्न रोस्ट्रममा पुगेका गृहमन्त्री सुधन गुरुङ गणेश नेपालीको घटनाको प्रसंग उठाउने क्रममा भावुक बने। रोस्ट्रममा पुगेपछि केहीबेर मौन रहँदै आँसु थाम्न नसकेका उनी निर्धारित मन्तव्य नै राख्न नसकी बोल्दै नगरी आफ्नो आसनतर्फ फर्किएका थिए।

गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। शरीरको करिब ५५ प्रतिशत भाग जलेपछि उनको उपचार काठमाडौंस्थित वीर अस्पतालको बर्न उपचार केन्द्रमा भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।

गणेश नेपालीको निधनपछि संसद्मा शोकको वातावरण बनेको छ भने घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग विभिन्न राजनीतिक दलका सांसदहरूले उठाइरहेका छन्।