५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।

सभामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफलका लागि प्रस्ताव गर्नुभएको थियो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले राष्ट्रिय आवश्यकता र समयको चापलाई ध्यान दिएर प्राप्त सुझावहरूलाई मनन् गर्ने विश्वास दिलाउनुभयो ।

यसअघि विधेयकमाथि सदस्य खम्बबहादुर खातीले छलफलमा भाग लिनुभएको थियो ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसहित ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि समितिको प्रतिवेदन आजैको पहिलो बैठकमा पेस गर्नुभएको थियो ।