२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

ग्लोबल वार्मिङका कारण हिमालयका हिमनदीहरू ‘असाधारण’ दरमा पग्लिँदै

ग्लोबल वार्मिङका कारण हिमालयका हिमनदीहरू ‘असाधारण’ दरमा पग्लिँदै
अ अ+ अ-

ग्लोबल वार्मिङका कारण हिमालयका हिमनदीहरू ‘असाधारण’ दरमा पग्लन थालेको सोमबार प्रकाशित एक अध्ययनले देखाएको छ । यसबाट एशियाका लाखौँ मानिसको पानी आपूर्तिलाई खतरामा पारेको छ।

अध्ययनले विश्वका अन्य भागमा रहेका हिमनदीहरूको तुलनामा हिमालयका हिमनदीहरू धेरै तीव्र गतिमा सङ्कुचन भइरहेको देखाएको छ।

“हाम्रो खोजले स्पष्टरुपमा हिमालयका हिमनदीहरुबाट हिउँ हराइरहेको देखाएको छ जुन विगत शताब्दीहरु (लिटल आइस एज)को औसत दरभन्दा कम्तीमा १० गुणा बढी छ”, अध्ययनका प्रमुख लेखक तथा लिड्स विश्वविद्यालयका जोनाथल क्यारिभिकले एक विज्ञप्तिमा भन्नुभयो, “क्षतिको दरमा भएको यो गति केही दशकमा मात्र देखापरेको छ र यो मानवप्रेरित जलवायु परिवर्तनसँग मेल खान्छ ।” लिटल आइस एज भनेको त्यो काल थियो जतिबेला हिमालयका हिमनदीहरुको विस्तार भइरहेको थियो । यो काल भनेको १४औँ शताब्दीको सुरुदेखि १९ औ शताब्दीको मध्यसम्म हो ।

अनुसन्धानकर्मीहरुका अनुसार हिमालयका हिमनदीहरुले विगत केही सय वर्षमा आफ्नो क्षेत्रफलको करिब ४० प्रतिशत गुमाएका छन् । 

सन् २०१९ को एक प्रतिवेदनअनुसार पहाडहरुमा करिब २५ करोड मानिस र तल नदी उपत्यकाहरुमा बस्ने थप एक अर्ब ६५ करोड मानिसका लागि हिमनदीहरु पानीको महत्वपूर्ण स्रोत हो । यी हिमनदीहरुमा गङ्गा, सिन्धु र ब्रह्मपुत्र महत्वपूर्ण रहेका छन् । 
 
हिमालय पर्वत शृङ्खला अन्टार्कटिका र आर्कटिकपछि विश्वको तेस्रो सबैभन्दा ठूलो हिमनदीको बरफको घर हो। यस क्षेत्रलाई प्रायः बरफको विशाल भण्डारका लागि विश्वको ‘तेस्रो ध्रुव’ भनेर चिनिन्छ  र यो विश्वको सर्वोच्च शिखर सगरमाथा, पाकिस्तानको काराकोरम (के टु) र अन्य प्रतिष्ठित चुचुराहरुको घर हो । 

हिमालहरू करोडौँ वर्ष पुरानो भए पनि तिनीहरूका हिमनदीहरू परिवर्तनशील जलवायुप्रति अत्यन्तै संवेदनशील छन्। सन् १९७० को दशकपछि जब पहिलोपटक ग्लोबल वार्मिङ सुरु भयो, बर्फको यो विशाल द्रव्यमान लगातार पातलो हुँदै गयो र पछि हट्दै गयो । 

मानव निर्मित जलवायु परिवर्तन ग्यास, कोइला र तेलजस्ता जीवाश्म इन्धनहरु जलाएर हुन्छ जसले वायुमण्डलमा कार्बनडाइअक्साइड र मिथेनजस्ता हरितगृह ग्यासहरु उत्सर्जन गर्दछन् । यसका अतिरिक्त कार्बनडाइअक्साइडले वातावरण र महासागरहरुको तापक्रमलाई त्यो स्तरसम्म बढाउँछ जसलाई वैज्ञानिकहरुका अनुसार प्राकृतिक कारणहरुले बुझाउन सकिन्न । 

“हामीले हिमनदीहरूमा मानव निर्मित जलवायु परिवर्तनको प्रभावलाई कम गर्न र न्यूनीकरण गर्न तुरुन्तै कदम चाल्नुपर्छ”, क्यारिभिकले भन्नुभयो । 

अध्ययनका सह–लेखक तथा डन्ड विश्वविद्यालयका साइमन कुकले भन्नुभयो, “यस क्षेत्रका मानिसहरुले पहिलादेखि नै यस्तो परिवर्तन देखिरहेका छन् जुन सदियौँदेखि देखिएको कुनै चिजभन्दा पनि परको कुरा हो, ती परिवर्तनहरु तीव्र हुँदैछन् र यसले सम्पूर्ण राष्ट्र र क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्नेछ भन्ने यो अनुसन्धान मात्र नवीनतम पुष्टि हो ।”

समुद्रको जलस्तर बढ्यो

यस अवधिमा ३९० वर्ग किलोमिटरदेखि ५८६ वर्ग किलोमिटरसम्मको बरफ पग्लिएको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । यो मध्य युरोपेली आल्प्स पर्वतमा भएको बरफको कुल मात्रा बराबर हो। यो हिउँ पग्लिएपछि विश्वको समुन्द्री सतह ०.०३ र ०.०५ इन्चले बढेको छ। हिमालयमा पनि पूर्वी नेपालदेखि भुटानको उत्तरसम्म फैलिएको पूर्वी क्षेत्रमा हिउँ तीव्र गतिमा पग्लिरहेको छ । हिमालयका हिमनदीहरू तालको छेउमा समाप्त हुने ठाउँहरूमा तीव्र गतिमा पग्लन थालेका छन्।