१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा पनि सिटौला निवासमा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नवनियुक्त महामन्त्री गगन थापाले नेता कृष्णप्रसाद सिटौलालाई भेटेका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक हप्तापछि थापाले सिटौला निवास चण्डोल पुगेर आशिर्वाद मागेका छन् । 

पार्टीको १३औँ महाधिवेशनमा थापा र सिटौला एउटै समूह बनाएर महामन्त्री र सभापतिमा उठेका थिए । सो महाधिवेशनमा दुवै पराजित भएका थिए । त्यसपछि थापा रामचन्द्र पौडेलको संस्थापन इतर समूहमा लागेका थिए । 

१४औँ महाधिवेशनमा थापाले संस्थापन इतर समूहबाटै महामन्त्रीमा उम्मेदवारी दिएर विजयी भएका थिए भने सिटौला संस्थापन समूहसँग मिलेर प्रदीप पौडेललाई महामन्त्री पदमा उठाएका थिए । यद्यपि पौडेल पराजित भए । 

आजको भेटमा थापालाई सिटौलाले पार्टीलाई एक ढिक्का बनाएर लैजान सुझाव दिएको बताइएको छ । यस अघि आइतबार अर्का नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले सिटौलालाई भेटी आशिर्वाद मागेका थिए ।