१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा अध्यादेश स्वीकृत भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा संसद् सुचारु राख्न आग्रह गरे पनि एमालले नाराबाजी गर्दै विरोध गरिरहेको थियो । विरोधकै बीच सभामुखले संसदको कारवाही अगाडि बढाउनुभएको थियो । 

एमालेले विरोध गरेकै अवस्थामा यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदार कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यायदेश बैठकले स्वीकृत गरेको हो ।