११ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले सुकुम्बासीमाथि भएको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाउँदै राज्यको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले सबैलाई पोल्नुपर्ने बताएकी छन्।

सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक भए पनि त्यो सरकारको वाचापत्रअनुसार र अभिभावकीय राज्यको भूमिकाअनुकूल हुन नसकेको उनको भनाइ छ।

धितालले जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ सुकुम्बासी व्यवस्थापनको काम अघि बढाइनुपर्थ्यो, त्यसरी नभएको उल्लेख गरेकी छन्।

यस घटनाले राज्यको कमजोरी र असक्षमता मात्र उजागर गरेको उनको टिप्पणी छ।उनले सुकुम्बासी समस्या समाधानका क्रममा मानवीय संवेदनशीलता र जिम्मेवारीलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेकी छन्।