३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त

स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त
Switzerland's Breel Embolo, second from left, scores their first goal during the World Cup round of 32 soccer match between Switzerland and Algeria in Vancouver, British Columbia, Thursday, July 2, 2026. (AP Photo/Lindsey Wasson)
अ+ अ-

काठमाडौं । स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै दोस्रो गोल थप्यो। नटिङहम फरेस्टका खेलाडी डान एनडोएले गरेको गोलले स्विट्जरल्यान्डलाई बलियो अवस्थामा पुर्‍यायो।

खेलको ८१औँ मिनेटमा स्विट्जरल्यान्डसँग अग्रता अझ फराकिलो बनाउने उत्कृष्ट अवसर आएको थियो। तर फाबियन रिडरले नजिकबाट प्रहार गरेको बल अल्जेरियाका गोलरक्षकले बचाएपछि तेस्रो गोल हुन सकेन।

यस जितसँगै स्विट्जरल्यान्डले अन्तिम १६ मा कोलम्बिया र घानाबीच शनिबार हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यता, अल्जेरियाको यात्रा अन्तिम ३२ बाटै टुंगिएको छ।

योसँगै अल्जेरिया अन्तिम ३२ बाट बाहिरिने पाँचौँ अफ्रिकी टोली बनेको छ। यसअघि दक्षिण अफ्रिका, आइभरी कोस्ट, डिआर कङ्गो र सेनेगल पनि यही चरणबाट बाहिरिएका थिए।

हालसम्म अन्तिम ३२ खेलेका अफ्रिकी टोलीमध्ये मोरक्को मात्र अन्तिम १६ मा पुग्न सफल भएको छ। अब केप भर्डे, इजिप्ट र घानाले अन्तिम ३२ का खेल खेल्न बाँकी छन् भने ट्युनिसिया समूह चरणबाटै बाहिरिएको थियो।