३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन

सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन
अ+ अ-

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको विषय वर्तमान सरकारले गरेको हस्तक्षेपका कारण मात्रै नभएको स्पष्ट पारेको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विगतका सरकारहरूले विभिन्न समयमा एन्फामा गरेको हस्तक्षेपको परिणामस्वरूप अहिलेको अवस्था सिर्जना भएको दाबी गर्नुभयो।

उहाँले एन्फासम्बन्धी भ्रष्टाचारका धेरै उजुरी प्राप्त भएकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्षको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। समितिले प्रतिवेदन बुझाएपछि आवश्यकताअनुसार सम्बन्धित निकायमा पठाइने उहाँको भनाइ छ।

मन्त्री पोखरेलले नेपालको फुटबल अपेक्षित रूपमा विकास हुन नसकेको उल्लेख गर्दै अब सुधारका लागि साहसिक कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। “नेपाली फुटबल अब योभन्दा तल जाने ठाउँ छैन,” भन्दै उहाँले सरकारले फुटबललाई माथि उठाउने दृढ संकल्पका साथ काम गरिरहेको बताउनुभयो।

उहाँका अनुसार सरकारको पहलमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी)का पदाधिकारीलाई वार्ताका लागि नेपाल आउन निमन्त्रणा दिइसकिएको छ। उनीहरू नेपाल आएपछि एन्फा निलम्बन तथा नेपाली फुटबल सुधारका विषयमा विस्तृत छलफल गरिने उहाँले जानकारी दिनुभयो।

एन्फाका पदाधिकारीहरूको विश्वकप भ्रमणप्रति टिप्पणी गर्दै मन्त्री पोखरेलले नेपालको फुटबलले उल्लेखनीय उपलब्धि हासिल गरेपछि मात्र त्यस्ता भ्रमण उपयुक्त हुने धारणा राख्नुभयो। उहाँले स्थानीय स्तरका प्रतियोगितासमेत नियमित रूपमा सञ्चालन हुन नसकेको, भ्रष्टाचारका प्रश्न उठिरहेको र फुटबल प्रशासन सुधार अपरिहार्य बनेको उल्लेख गर्नुभयो।

उहाँले आगामी एन्फा नेतृत्व राजनीतिक भागबण्डाका आधारमा नभई नेपाली फुटबलमा योगदान दिएका पूर्वखेलाडी, फुटबलप्रेमी र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूको हातमा सुम्पिने सरकारको योजना रहेको बताउनुभयो। एन्फालाई राजनीतिक भर्ती केन्द्र वा भ्रष्टाचारको अखडा बन्न नदिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।