४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले मुस्ताङमा खानी उत्खननसम्बन्धी कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको बताउनुभयो।

उहाँले केही डिजिटल सञ्चारमाध्यममा प्रकाशित दाबीहरू पूर्णतः आधारहीन रहेको उल्लेख गर्दै यस विषयमा नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै आधिकारिक रूपमा खण्डन गरिसकेको जानकारी दिनुभयो।

मन्त्री खनालले नेपालको संविधानको धारा २८९ अनुसार प्राकृतिक स्रोत र त्यसको उपयोगसम्बन्धी व्यवस्थाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। साथै नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हुने कुनै पनि सम्झौता नगर्ने सरकारको स्पष्ट नीति रहेको उहाँले दोहोर्याउनुभयो।

उहाँले भन्नुभयो, “मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता छैन। यस क्षेत्रमा खानी उत्खननसम्बन्धी कसैसँग कुनै प्रकारको सहमति वा सम्झौता भएको छैन। केही डिजिटल मिडियामा गरिएका आधारहीन दाबीलाई नेपाल सरकारका सम्बन्धित निकायहरूले खण्डन गरिसकेका छन्।”

परराष्ट्रमन्त्री खनालका अनुसार मुस्ताङ क्षेत्रमा खानी हुनसक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले केही सकारात्मक संकेत गरेका छन्। तर ती अध्ययन अत्यन्त प्रारम्भिक चरणमा रहेकाले युरेनियम वा अन्य खनिजको सम्भावनाबारे निष्कर्षमा पुग्न थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँले बताउनुभयो।

उहाँले यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक अध्ययन, अनुसन्धान र प्रक्रिया अगाडि बढाउने पनि स्पष्ट पार्नुभयो।

तस्बिर: किरणराज बिष्ट/ रासस