१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह

चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
अ अ+ अ-

काठमाडाैँ । चितवनमा वरण्डाभार जैविकमार्गस्थित सामुदायिक वनमा ‘रात्रिकालीन जीप सफारी’ सञ्चालनमा आएपछि स्थानीयमा उत्साह थपिएको छ । पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यसहित ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन गरिएको हो ।

पर्यटनमा नयाँ आकर्षण थप्ने उद्देश्यले परीक्षणका रूपमा ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन गरिएको पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङ्तानले बताउनुभयो । स्याङ्तानले भन्नुभयो, “यसअघि चितवन राष्ट्रिय निकुञ्जमा सीमित पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने हाम्रो लक्ष्य छ ।”

रत्ननगरको दक्षिण क्षेत्रभित्र पर्ने पञ्चकन्या, कालिका नगरपालिकाभित्र पर्ने चर्तुमुखी र भीमवली वनले संयुक्त रूपमा करिब ३० किलोमिटर जङ्गल मार्ग तयार पारी परीक्षणका रूपमा ‘रात्रिकालीन जीप सफारी’ सुरु गरेको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो । नेपालमा पहिलोपटक चितवनलाई सफारी पर्यटनको राजधानी बनाउने अभियानका साथ ‘रात्रिकालीन जीप सफारी’ सुरू गरिएको सचिव सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार परीक्षण सफल भएपछि यसलाई नियमित पर्यटन गतिविधिका रूपमा सञ्चालन गरिनेछ । वरण्डाभार क्षेत्र चितवन राष्ट्रिय निकुञ्जलाई महाभारत क्षेत्रसँग जोड्ने महत्वपूर्ण जैविक मार्ग हो । प्रभावकारी संरक्षणले एकसिङ्गे गैँडा, पाटेबाघ, चितुवा, भालु, जरायो, चित्तल, बँदेललगायतका वन्यजन्तु देख्न सकिन्छ । रातिको समयमा वन्यजन्तुको प्राकृतिक गतिविधि अवलोकन गर्न सकिने भएकाले ‘रात्रिकालीन जीप सफारी’ पर्यटकका लागि थप आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

सामुदायिक वनले संरक्षणसँगै पर्यापर्यटनलाई प्राथमिकतामा राख्दै जङ्गलभित्र रहेका तालतलैयाको मर्मत–सम्भार, वन्यजन्तु अवलोकनका लागि मचान निर्माण तथा पर्यटक मैत्री पूर्वाधार विकासका काम अघि बढाएका छन् । अभियानमा बागमती प्रदेश सरकार, स्थानीय पालिका, डिभिजन वन कार्यालय चितवन र क्षेत्रीय होटल सङ्घ सौराहाको सहकार्य रहेको छ । होटल व्यवसायीले ‘रात्रिकालीन जीप सफारी’ मा पर्यटक लैजाने प्रतिबद्धता जनाएसँगै सामुदायिक वनका उपभोक्ता उत्साहित बनेका छन् ।

‘रात्रिकालीन जीप सफारी’ नियमित सञ्चालन हुँदा चितवनको बसाइँ लम्बिने, वनमा पर्यटकको आकर्षण बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव महेश खनालले बताउनुभयो । पहिलो चरण यस क्षेत्रमा बेलुका ५ देखि ९ बजेसम्म ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन हुनेछ । जसका लागि प्रतिजीप रु ५०० शुल्क निर्धारण गरिएको छ ।