२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित



अ+ अ-

काठमाडाैँ । बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका नौवटै पालिकाका स्थानीयले जन्मेदेखि १५ महिना र १६ देखि २३ महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

यहाँका एक हजार ३४८ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । पूर्ण खोप सुनिश्चितता घोषणामा त्रिवेणी नगरपालिकाका जन्मेदेखि १५ महिनाका २७४, गौमुलमा १७४, खप्तड छेडेदह गाउपालिकामा ३१०, स्वामीकार्तिक खापर गाउँपालिकामा २१८ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख खड्काले बताउनुभयो ।

यसैगरी, बडीमालिका नगरपालिकामा ३००, बुढीनन्दा नगरपालिकामा ३५३, बुढीगङ्गा नगरपालिकामा २३६, जगन्नाथ गाउँपालिकामा १६२ र हिमाली गाउँपालिकामा १८० जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।

एक खोप लगाएर अन्य चार खोप नलगाउने त्रिवेणी नगरपालिकाका एक जना, बडीमालिका नगरपालिकामा एक जना, बुढीनन्दा नगरपालिकामा एक जना र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वयंसेविका र स्थानीय तहका स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताउनुभएको छ ।