१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’

सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’
अ अ+ अ-

काठमाडाैँ । म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।

अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दाबीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटोस्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभएको छ । लन्डनमा क्योदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो । उहाँका अनुसार आफ्नी आमाको अवस्थाबारे बाहिर आएको एकमात्र जानकारी स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको भन्ने मात्र हो ।

एरिसले सुकी मुटुसम्बन्धी रोगसँगै उमेर बढ्दै जाँदा देखिने हड्डी कमजोर हुने समस्याबाट पनि पीडित रहेको बताउनुभयो । उहाँले आफूले जेलमा बसेका एक पूर्व कैदीबाट सुनेको विवरणका आधारमा सुकी राखिएको स्थानको अवस्था अत्यन्त कठिन र चिन्ताजनक रहेको बताउनुभयो । सन् १९९१ की नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई सन् २०२१ फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेपछि हिरासतमा राखिएको थियो ।

लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि उहाँलाई विभिन्न अभियोगमा कैद गरिएको थियो । एरिसले आफ्नी आमासँगको अन्तिम प्रत्यक्ष सम्पर्क दुई वर्षअघि प्राप्त एउटा पत्र रहेको बताउनुभयो । लन्डनमा जन्मिएर हुर्कनुभएका उहाँ बाल्यकालमा आमाबुबासँग बस्नुभएको थियो, तर सुकी म्यान्मा फर्किएर प्रजातन्त्र आन्दोलनमा सक्रिय भएपछि उहाँ बेलायतमै बस्नुभएको थियो ।

सन् १९८९ देखि २०१० सम्म सुकीले विभिन्न समयमा करिब १५ वर्ष नजरबन्दमा बिताउनुभएको थियो । उहाँको पार्टी नेसनल लिग फर डेमोक्रेसीले चुनावमा ठूलो सफलता पाएपछि सन् २०१६ मा उहाँ म्यान्माको वास्तविक राजनीतिक नेतृत्वमा पुग्नुभएको थियो । तर सन् २०२१ को सैन्य कूले उहाँलाई पुनः हिरासतमा पुर्‍यायो ।

एरिसले आफू सार्वजनिक जीवनमा आउन नचाहे पनि आमाको पक्षमा बोल्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले हालै सुकीको ८१औँ जन्मदिनका अवसरमा ८१ किलोमिटर स्केटबोर्ड यात्रा पूरा गर्दै विश्व समुदायको ध्यान आकर्षित गर्ने प्रयास गर्नुभएको थियो ।

विभिन्न देशमा पुगेर आफ्नी आमाको रिहाइका लागि पहल गर्दै आउनुभएका एरिसले म्यान्माको सैन्य नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन विश्व समुदायसँग आग्रह गर्नुभएको छ । गृहयुद्ध चर्किंदै गएको अवस्थामा उहाँले सेनालाई उड्डयन इन्धनको आपूर्ति रोक्नुपर्नेमा जोड दिँदै यही कदमले सैन्य प्रशासनमाथि प्रभावकारी दबाब सिर्जना गर्न सक्ने बताउनुभयो । रासस