६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री



अ+ अ-

काठमाडाैँ । पर्वतकाे महाशिला गाउँपालिकाले सागसब्जी र खसीबोका बिक्री गरी पछिल्लो २० महिनामा रु आठ करोड आम्दानी गरेको छ । पालिका पर्वत जिल्लाकै सबैभन्दा विकट र सानो हो ।

यहाँस्थित छ वटै वडाका आठ सय ८३ कृषकले उत्पादन गरेका सागसब्जी, खसीबोका, स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त आम्दानी भएको पालिकाका अध्यक्ष इशवरी भुसालले बताउनुभयो । उत्पादित कृषिजन्य बस्तु सदरमुकाम कुश्मा, छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गरिन्छ ।

महाशिलामा उत्पादित सागसब्जी र खसीबोका किन्न पोखराको बिरौटामा रहेका तरकारी पसलमा बिहानैदेखि उपभोक्ता कुरेर बसेका हुन्छन् । गाउँमा उत्पादित स्थानीय जात स्वस्थ्यकर हुने भन्दै ग्राहकको पहिलो रोजाइँ महाशिलाकै उत्पादन बन्ने गरेको पूर्व अध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । पालिकाले सागसब्जीमा प्रतिकिलो रु पाँच मासुजन्य वस्तुमा रु २५ तथा दूधमा प्रतिलिटर रु दश अनुदान दिँदै आएको छ । कृषकको उत्पादनको यकिन मापन गर्ने कार्यका लागि गाउँपालिकाभित्रका मुख्य टोलमा ३३ वटा तराजु वितरण गरिएको छ ।

कृषकको गोठको भकारो सुधार र बाख्राको खोरसुधार कार्यमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गरिएपछि ब्यावसायिक कृषिमा लाग्ने कृषकको आकर्षण बढेको छ । तरकारीखेतीमा लागेका यहाँका हरेक कृषकले न्यूनतम रु दुई लाखदेखि रु दश लाखसम्म आम्दानी गरेका छन् । उत्पादन सङ्कलनका लागि दुई जना बजार प्रतिनिधि पालिकाले नियुक्त गरेको छ ।

उहाँले कृषकको घर घर पुगी उत्पादन सङ्कलन गर्ने गर्नेगरेका छन् । पालिकाले पूर्णरुपमा कृषिमा आश्रित परिवार र व्यवसायले लिने कृषि ऋणमा लाग्ने ब्याजमा निश्चित अनुदान प्रदान गर्ने कार्यक्रम समेत सञ्चालन गरेको छ ।