९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का

रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित

रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित
अ अ+ अ-

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटी सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छन्।

योङ स्टार फाउण्डेसनले शनिवार कार्यक्रममा आयोजना गर्दै रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मान गरेको हो । योङ स्टार फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले अवार्ड र नगद एक लाख रुपैँयासहित सम्मान गरेकम हुन् । रेनुका घरेलु फुटबलमा एपिएफबाट खेल्दै आइरहेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा योङ स्टार फाउण्डेसनले गत वर्षदेखि उत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गर्न शुरु गरेको हो । गत वर्ष यो अवार्ड प्रिती राइले जितेकी थिइन् । घरेलु महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै एक महिला खेलाडीलाई वर्षेनी सम्मान गर्ने योजनाअनुसार रेनुकालाई सम्मान गरिएको अध्यक्ष सिंहले बताए ।

सन् २०१० देखि उनले नियमित रुपमा नेपाली महिला टिमबाट खेलिरहेकी छिन् । राष्ट्रिय जर्सीमा उनले ६३ खेल खेलिसकेकी छिन् । सम्मानित भएपछि रेनुकाले एकदमै खुशी लागेको प्रतिक्रिया दिइन् ।

‘यो अवार्ड पाउँदा धेरै खुशी छु । परिवारकै कारण नेपाली फुटबलमा लगातार योगदान गर्न पाएको छु,’ रेनुकाले भनिन्, ‘यो अवार्डसहित सम्मान गर्नुभएकोमा फाउन्डेसप्रति आभारी छु । यस्ता अवार्डले गर्दा लगातार खेलकुदमै लाग्न प्रेरित गरिरहेको हुन्छ ।’

सोही कार्यक्रमबाट ‘अल्फा सिएरा माइक’ नामक पुस्तक विमोचन गरिएको छ । योङ स्टार फाउण्डेसका अध्यक्ष मोहनचन्द्र सिंहबाटै लेखिएको कितावमा उनले आफ्नो जिवनको भागाई, नेपाली उड्डयन, खेलकुद र मिडियासँग जोडिएका विषय समावेश गरेका छन् ।–न्युज एजेन्सी नेपाल