९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई

भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन

भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
अ अ+ अ-

काठमाडौँ। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि खोजी तथा उद्धार कार्यमा सहयोग पु¥याउन स्पेन सरकारले ५४ सदस्यीय सैन्य आपत्कालीन टोली (यूएमई) पठाएको छ ।

स्पेनको रक्षा मन्त्रालयले बिहीबार उक्त टोलीलाई भेनेजुएला प्रस्थान गराउने निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भेनेजुएलामा हालै ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए । सो प्राकृतिक विपत्तिका कारण ठूलो परिमाणमा जनधनको क्षति हुनुका साथै दशौँ हजार मानिस अझै बेपत्ता रहेको बताइएको छ ।

स्पेनले पठाएको यस विशेषज्ञ टोलीमा भवन भत्किएका स्थान तथा प्राकृतिक प्रकोप क्षेत्रमा मानिसहरूको खोजी र पहिचान गर्न विशेष तालिमप्राप्त कुकुरहरू समेत सहभागी छन् ।

उद्धार टोलीसँगै स्पेनले आवश्यक उद्धार उपकरण र आपत्कालीन राहत सामग्री समेत पठाएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजसँग संवाद गर्दै विपत्को यस घडीमा स्पेन भेनेजुएलाको साथमा रहेको र पूर्ण ऐक्यवद्धता प्रकट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

उहाँले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । यसैबीच, स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले भेनेजुएलामा रहेका ६८ स्पेनिस नागरिक अझै पनि स्पेनिस दूतावासको सम्पर्कमा नआएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

स्पेनका विभिन्न प्रान्तका अग्नि नियन्त्रक र अन्य उद्धार एकाइहरू पनि आगामी केही घण्टाभित्रै भेनेजुएला प्रस्थान गर्ने तयारीमा रहेको रिपोर्टहरूमा उल्लेख छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल