९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
अ अ+ अ-

भोजपुर। भोजपुरमा वन संरक्षण, जैविक विविधता प्रवद्र्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

डिभिजन वन कार्यालय भोजपुरको पहलमा सञ्चालित यस कार्यक्रम अन्तर्गत जिल्लाका चार वटा सामुदायिक वन क्षेत्रमा संरक्षण पोखरी निर्माण गरिएको हो ।

डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले आहाले सामुदायिक वन, ढोडे बैखाके सामुदायिक वन, भद्रासे चारे भिर सामुदायिक वन र हर्कटे आमलाला सामुदायिक वनमा संरक्षण पोखरी निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । भौगोलिक रूपमा पानीको अभाव हुने र गर्मी याममा सुक्खा हुने यी क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुका लागि स्थायी पानीको स्रोतको रूपमा काम गर्ने उहाँको भनाइ छ ।

“सामुदायिक वनमा पोखरी निर्माणकार्यक्रम सञ्चालन गरेका छौँ,” प्रमुख मियाले भन्नुभयो, “हालसम्म चार वटा वनमा पोखरी निर्माण सम्पन्न गरेका छौँ । भावी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य छ ।”

उहाँका अनुसार पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा आएको असन्तुलनले वन क्षेत्रमा पानीको अभाव बढ्दै गएको छ । यस्तो अवस्थामा संरक्षण पोखरी निर्माणले वन्यजन्तु, वनस्पति तथा समग्र पारिस्थितिक प्रणालीलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । “वन संरक्षणको दायरा केवल रूख संरक्षणमा सीमित छैन,” उहाँले भन्नुभयो, “पानी, माटो र जैविक विविधताको सन्तुलन कायम गर्नु पनि उत्तिकै आवश्यक छ ।”

वन अधिकृत नर मुहमत मियाले संरक्षण पोखरी निर्माणको बहुआयामिक महत्व रहेको बताउनुभयो । वन्यजन्तुका लागि पानीको सुनिश्चिततासँगै यी पोखरी वन डढेलो नियन्त्रणमा पनि प्रभावकारी बन्ने उहाँको भनाइ  छ ।

“डढेलोको समयमा तत्काल पानी उपलब्ध हुँदा आगलागी नियन्त्रण गर्न सहज हुन्छ,” उहाँले भन्नुभयो, “यसले वन क्षति न्यूनिकरण गर्न प्रत्यक्ष योगदान दिन्छ । साथै, वन क्षेत्रमा आपतकालीन स्रोतको रूपमा पनि यसको उपयोग गर्न सकिन्छ ।”

त्यसैगरी, संरक्षण पोखरीले भूमिगत पानी पुनर्भरण (रिचार्ज) मासमेत सहयोग पु¥याउने जनाइएको छ । वर्षायाममा सङ्कलित पानी पोखरीमा सञ्चित भई बिस्तारै जमिनमा सोसिने हुँदा आसपासका क्षेत्रको जलस्तर कायम राख्न मद्दत पुग्ने कार्यालयकोभ भनाइ छ । यसले दीर्घकालीन रूपमा स्थानीय कृषिमासमेत सकारात्मक प्रभाव पार्ने सरोकारवाला बताउँछन् । विशेषगरी वर्षामा सञ्चित पानी सुक्खा याममा उपयोगी हुने भएकाले कृषिमा निर्भर स्थानीय समुदायलाई अप्रत्यक्ष लाभ पुग्ने देखिएको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ बजेटबाट चार वटा रिचार्ज पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिताले निर्माणकार्यलाई सहज बनाएको कार्यालयको भनाइ छ । स्थानीयबासी रामकुमार राईले संरक्षण पोखरी निर्माणले समुदायमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो । “पहिले गर्मी याममा वन एकदम सुक्खा हुन्थ्यो,” उहाँले भन्नुभयो, “पानीको अभावले वन्यजन्तु गाउँतिर आउने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने समस्या थियो । पोखरी निर्माणले त्यो समस्या समाधानमा सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।”

यस्ता साना तर प्रभावकारी पूर्वाधारले दीर्घकालीन रूपमा ठूलो वातावरणीय लाभ दिने सरोकारवालाहरूको भनाइ छ । विशेषगरी पहाडी भू–भागमा पानीको स्रोत व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले संरक्षण पोखरीजस्ता संरचना अत्यन्तै उपयोगी मानिन्छन् ।

डिभिजन वन कार्यालय, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहबीचको सहकार्यमा अघि बढाइएको यो कार्यक्रम भोजपुरमा वन संरक्षणको एक सफल अभ्यासका रूपमा स्थापित हुँदै गएको छ । आगामी दिनमा जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमासमेत यस्ता कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको कार्यालयले जनाएको छ ।

पोखरी निर्माणले दीगो विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्दै वन क्षेत्रलाई हरित बनाउने आधार तयार पार्ने स्थानीय जानकारहरुको भनाइ छ ।  रासस