१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ४ लाख बराबरको अवैध समान बरामद



अ+ अ-

लहान । भन्सार छली गर्दै ल्याएको ४ लाख ४४ हजार ६ सय ५० रुपैया बराबरको अबैध समान सिरहा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी सिलौरवापछवारीको प्रहरी टोलीले अवैध समानहसमानहरु बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्तिटोलीले लहान नगरपालिका वडा नं.३ ठाडी चौकी स्थित किराना सामान, लत्ताकपडा, सुर्ती, पटाका ९७ हजार ६ सय ५० रुपैया र प्रहरी चौकी सिलौरवापछवारीबाट खटिएको गस्तिटोलीले सुखिपुर नगरपालिका वडा नं.४ कबिलासि स्थित स.१ह. ३४६२ नम्बरको सिटी रिक्सालाई चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको सुर्ती १३५ केजी करिब ४७ हजार को र सिटी रिक्सा ३ हजार को गरी ३ लाख ४७ हजार गरी कुल ४ लाख ४४ हजार ६ सय ५० रुपैया बराबरको सामान तथा सिटी रिक्सा निन्त्रणमा लिई भन्सार कार्यालय ठाडीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।