• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

जुवामा हारेपछि श्रीमतीलाई सामूहिक बलात्कार



काठमाडौं । रक्सीले मातेका एक पुरुषले जुवा हारेपछि आफ्नै पत्नीलाई बलात्कारको लागि साथीहरूलाई सुम्पिएको घटना सार्वजनिक भएको छ । यो घटना भारतको उत्तर प्रदेशस्थित एक गाउँको हो ।

रक्सीले मातेका ती पुरुषले साथीहरूसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘सेक्स’का लागि सुम्पिने बाचा गरेका थिए ।

जुवामा हारेपछि भने उनकी पत्नीलाई सामूहिक रुपमा बलात्कार भएको हो । उत्तर प्रदेशको जउनपुर जिल्लाको यो घटना हालै सार्वजनिक भएको छ ।

घटनापछि ती महिला अदालत पुगेकी छिन् । प्रहरीले कुनै कारवाही अघि बढाउन नचाहेको ती महिलाको आरोप छ ।

महिलाका अनुसार उनका पति जँड्याहा हुन् । पछिल्लो पटक उनले साथीहरूसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका छन् । महिलाको पतिका साथी अरुण र अनिल उनको घरमा रक्सी पिउन र जुवा खेल्न आएका थिए ।