• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

मनतातो पानी पिउँदा हुन्छ फाईदै फाइदा, मनतातो पानी कसरी पिउने ?



काठमाडौं । मनतातो पानी पिउँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । तर, हामी नबुझेर सिधै चिसो पानी पिउने गर्छैं । मनतातो पानीको कसरी पिउने भन्नेबारेमा जानकारी प्रस्तुत गरेका छौं । उमालेको पानी शुद्ध हुन्छ र शरीरको पाचन प्रणाली नियमित बनाउन सघाउँछ । बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्त्व पिसाबसँगै बाहिर जान्छ ।

शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाइँले दिनहुँ बिहान कम्तीमा एक गिलास तातो पानी पिउनु भयो भने कब्जियतको समस्या टाढा हुन्छ ।बिहान र खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउँदा मोटोपना नियन्त्रणमा सघाउ पुग्छ ।

घाँटी दुखेको वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा ह’न्छ । तातो पानीमा न’न मिसाएर पिउँदा अझ लाभदायी हुन्छ । तातो पानी पिउँदा शरीरको ताप बढ्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढी भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धीकरणमा सहयोग पर्याउँछ । प्रायः महिला महिनावारीका समयमा पेट दुखाइबाट पीडित हुन्छन् । यस्तो वेला तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसो गर्दा टाउको तथा पेटको दुखाइ पनि कम हुन्छ ।