८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई पार्टीभित्र प्रश्न गर्ने संस्कृतिलाई बलियो बनाउन आग्रह गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कुनै पनि राजनीतिक दलमा नेताहरूलाई आलोचनाभन्दा माथि राख्ने प्रवृत्ति घातक हुने बताए। उनले आफ्नै पार्टीको अनुभव सुनाउँदै नेताहरूलाई ‘भगवान्’ वा ‘बा’का रूपमा प्रस्तुत गर्दा संगठनभित्र स्वस्थ बहस र आत्मसमीक्षाको वातावरण कमजोर हुने उल्लेख गरे।

थापाले कांग्रेसले विगतमा नेतृत्वप्रति आवश्यक प्रश्न उठाउन नसक्दा त्यसको राजनीतिक मूल्य चुकाउनुपरेको भन्दै रास्वपाका नेता–कार्यकर्तालाई त्यही गल्ती नदोहोर्याउन सुझाव दिए। उनका अनुसार पार्टीलाई सुदृढ बनाउन आफ्ना नेताको कमजोरी र गल्तीप्रति पनि खुलेर प्रश्न गर्न सक्ने साहस आवश्यक हुन्छ।

उनले अन्य दलका कमीकमजोरी औँल्याउनु मात्र पर्याप्त नहुने भन्दै आफ्नै पार्टीभित्र देखिएका त्रुटिबारे पनि स्पष्ट रूपमा बोल्न सक्ने संस्कृतिको विकास गर्नुपर्ने बताए। थापाले लोकतान्त्रिक अभ्यासको आधार नै आलोचना, आत्मआलोचना र जवाफदेहितामा रहेको उल्लेख गर्दै रास्वपाले सुरुदेखि नै त्यसलाई संस्थागत गर्नुपर्ने धारणा राखे।

तस्बिरः प्रदीप राज वन्त/रासस




भर्खरै