९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

कात्तिक महिनाको ४ गते आज यी राशिहुनेहरुको भाग्य र भविष्य चम्किदै जान्नुहोस् !

कात्तिक महिनाको ४ गते आज यी राशिहुनेहरुको भाग्य र भविष्य चम्किदै जान्नुहोस् !
अ अ+ अ-

वि.सं. २०७६ कात्तिक ४। सोमबार। इ.स. २०१९ अक्टोबर २१। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। अष्टमी, २५ः२० उप्रान्त नवमी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ): नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ): प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौतीहरू देखा पर्नेछन् । खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ): नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ): राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित कामले लोकप्रियता दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ): पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। सानातिना काममा अल्झनुपर्ला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शरीरमा कमजोरी अनुभूति हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरूको साथ जुट्न सक्छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ): सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ): रोकिएका काम पुनस् प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ): परिस्थितिवश चिताएको काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान्। स्वास्थ्य(चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। समस्याका बाबजुद आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। नेपाली पात्रो