९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

लोकसेवा आयोगको सदस्यमा आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति, अख्तियारले थाल्यो छानबिन

लोकसेवा आयोगको सदस्यमा आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति, अख्तियारले थाल्यो छानबिन
अ अ+ अ-

काठमाडौं । प्रदेश ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्त भएकी राहेल पोखरेलको शैक्षिक प्रमाणपत्र र अनुभवको प्रमाणपत्रबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको छ । प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेललाई प्रदेश लोकसेवाको सदस्यमा नियुक्ति दिलाएको खुलासा राजधानीले गरेको थियो ।

फर्जी कागजात पेस गर्दै प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति गराइएको खुलासा भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहेलको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रबारे छानबिन गर्ने भएको हो । अख्तियारका सचिव महेश्वर न्यौपानेले प्रदेश लोकसेवाको नियुक्तिमा फर्जी कागजात प्रयोग गरिएको भन्ने विषयमा अख्तियारले गम्भीरतापूर्वक छानबिन गर्ने बताए । ‘यो विषयमा अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर छानबिन गर्नेछ त्यसैले विस्तृत अनुसन्धानमा राखिएको छ,’ सचिव न्यौपानेले भने ।

प्रदेश ५ को लोकसेवा आयोगमा फर्जी कागजात पेस गरी राहेल शर्मालाई नियुक्त गरिएको विषय सार्वजनिक भएपछि आइतबार यस विषयमा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलगायतका आयुक्तबीच समेत छलफल भएको थियो । प्रमुख आयुक्त घिमिरेले यस विषयलाई गम्भीरतापूर्वक छानबिन गर्न आवश्यक निर्देशन दिएको अख्तियार स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभवविपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएका थिए ।

प्रदेश लोकसेवा केन्द्रीय लोकसेवा आयोगकै सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने कानुनी प्रावधान छ । जसअनुसार प्रदेश लोकसेवा आयोगमा नियुक्ति पाउनेमध्ये ५० प्रतिशत सदस्य २० वर्ष वा सोभन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेको हुनुपर्ने संवैधानिक प्रावधान छ । यसैगरी, आयोगको सदस्य हुन विज्ञान, प्रविधि, कला, साहित्य, कानुन, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेको व्यक्ति हुनुपर्ने समेत संवैधानिक व्यवस्था छ ।

तर, यो संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा बेवास्ता गर्दै फर्जी कागजातका आधारमा राहेललाई नियुक्ति दिलाइएको हो । राहेललाई नियुक्तिका लागि सिफारिस गर्दा उनले पेस गरेका शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र नक्कली रहेको पाइएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिले सूक्ष्म अध्ययन र विश्लेषणबिना नै राहेललाई हचुवामा नियुक्तिको सिफारिस गरेपछि प्रदेश प्रमुखले राहेललाई आयोगको सदस्यमा नियुक्ति दिइसकेका छन् तर नियुक्ति पछि राहेलका योग्यता र अनुभवको प्रमाणपत्र नक्कली भएको पाइएपछि उनको शपथ भने रोकिएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा राहेलको शैक्षिक योग्यता र अनुभव नक्कली भन्दै उजुरी परेको छ ।राहेलले सदस्यका लागि पेस गरेको योग्यता र शैक्षिक प्रमाणपत्रको कागजातमा २०५७ सालदेखि नै निमावि तहको शिक्षिका भएको उल्लेख गरिएको छ । तर, उनको शैक्षिक प्रमाणपत्रमा २०५८ सालमा एसएलसी गरेको उल्लेख छ । उनको अनुभवको पत्रमा एसएलसी उत्तीर्ण हुनुभन्दा अघि नै निमाविको शिक्षिका भएको उल्लेख छ ।

जबकि निमाविको शिक्षिका हुन कम्तीमा पनि १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ । उनले २०६० सालमा आएर मात्रै १२ कक्षा उत्तीर्ण गरेकी छन् । उनले पेस गरेको कागजातलाई आधार मान्दा एकपछि अर्को फर्जी विवरण पेस गरिएको पाइएको थियो । अख्तियारले फर्जी कागजातबारे छानबिन गर्दा राहेलको अनुभवका पत्रहरू फर्जी पुष्टि भएमा एक वर्षसम्म कैद र जरिमानासमेत हुन सक्ने अख्तियारका अधिकारीले बताएका छन् ।

शपथ रोक्ने सहमति प्रदेश लोकसेवा आयोगमा सदस्य हुनका लागि फर्जी कागजात पेस गरेको खुलासा भएसँगै राहेल पोखरेलको शपथ रोक्ने सहमति भएको छ । प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलबीच विवादमा परेकी राहेलको शपथ रोक्ने सहमति भएको हो । मुख्य मन्त्री पोखरेल र प्रदेश प्रमुख झाबीच आइतबार यस विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा लोकसेवा आयोग जस्तो निकायमा विवादित व्यक्तिलाई लैजान नहुने विषयमा दुवैजना सहमत भएका थिए । मुख्यमन्त्री पोखरेलले विपक्षी दलका नेता शर्मासँग भेट गरी राहेललाई सदस्यमा नियुक्ति र शपथ गर्दा विवादित हुने र अख्तियारले समेत छानबिन गर्ने भएकाले विकल्प खोज्न र उपयुक्त निकास दिन आग्रह गरेका छन् । राजधानी दैनिकबाट