३० श्रावण २०८३, शनिबार
,
Latest
एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने



अ+ अ-

काठमाडौं । महोत्तरी बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी र सुकुमवासीले पहिलोपल्ट सेतो पुर्जा (घरजग्गाको निस्सा) पाउने भएका छन् ।

बर्दिवास नगरपालिकाका १४ वटा वडामा वर्षौदेखि ऐलानी, पर्ति र सरकारी जग्गामा घर बनाएर बसेका अव्यवस्थित बसोबासी र सुकुमवासीलाई बसोबास र जग्गाको भोगाधिकार प्रमाणित गर्दै सेतो पुर्जा दिने व्यवस्था अन्तिम चरणमा पुगेको छ ।

नगरपालिकाले भोग प्रमाणका आधारमा सेतो निस्सा प्रदान गरेपनि जग्गाको स्थायी निस्सा (लालपुर्जा) प्रदानको अधिकार भने सङ्घीय निकायअन्तर्गत नै रहने कानुनी व्यवस्था छ । आगामी आर्थिक वर्षभित्रै अव्यवस्थित बसोबासी र सुकुमवासीलाई जग्गा र सेतो पुर्जा उपलब्ध गराउने बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

बर्दिवास नगरक्षेत्रका १४ वटै वडामा अव्यवस्थित बसोबासी र सुकुमवासीको बसोबास छ । जिल्लाका १५ स्थानीयमध्ये सबैभन्दा बढी बर्दिवास नगरपालिकाको १४ नं वडामा ६० भन्दा बढी सुकुमवासी बस्ती छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपालको संविधान अनुसूची–८ ले स्थानीय तहलाई भूमि व्यवस्थापनसम्बन्धी प्रदान गरेको अधिकार क्षेत्रमा रही नगरपालिकाले सेतो निस्सा वितरण गर्ने प्रक्रिया सुरु गर्ने भएको हो ।