३० श्रावण २०८३, शनिबार
,
Latest
एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल



अ+ अ-

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनकुमार सुनारले मोहियानी हकका बारेमा र किसानलाई जग्गाको मालिक बनाउने सम्बन्धमा सोध्नुभएको प्रश्नमा उहाँले किसान र जग्गासम्बन्धी समस्या साधान गर्न सरकार निरन्तर लागि परेको बताउनुभयो ।

“किसानको हकहित संरक्षण गर्न भूमिसम्बन्धी ऐन २०२१ को दफा २५ ले मोहीयानी हकको व्यवस्था गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री रावलले भन्नुभयो ।

उहाँका अनुसार जमिनमा रहेको द्वैध स्वामित्व अन्त्य गर्न भूमि सम्बन्धी ऐन २०२१ ले निर्धारण बमोजिम जग्गाधनी वा मोही कसैले पनि बाँडफाँडका लागि निवेदन नदिएमा दुबै जनाको नाममा संयुक्त जग्गा धनी कायम हुने गरी मोहीको लगतकट्टा गरिनेछ । निजहरूको माग गरेका बखत उक्त संयुक्त नाममा रहेको जग्गा आधाआधा बाँडफँट गरी दिने व्यवस्था रहेकोसमेत उहाँले जानकारी गराउनुभयो ।

यससम्बन्धी कतिपय क्षेत्रमा देखिएका समस्याको समाधानका लागि मन्त्री रावलले कामको थालनी भइसकेको बताउनुभयो ।