३० श्रावण २०८३, शनिबार
,
Latest
एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल



अ+ अ-

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज संस्कृति संस्थानको ५४औँ वार्षिकोत्सव समारोहमा उहाँले नेपाली कला, संस्कृति र परम्पराले नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, “कला र संस्कृतिको हिसाबले नेपाल विश्वमै धनी राष्ट्र हो । संस्कृति, प्रकृति र विकृतिका विषयमा कलाकारहरू पनि उत्तिकै सचेत हुन आवश्यक छ ।”

संस्कृति संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संस्थानले विगतदेखि नै नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली कला र साहित्यको संरक्षणमा हामी निरन्तर क्रियाशील छौँ । यस अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।”

सो अवसरमा नेपाली कला, साहित्य तथा लोकसङ्गीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने लोकदोहोरी गायकद्वय पुरुषोत्तम न्यौपाने, रामप्रसाद खनाललगायतलाई सम्मान गरिएको थियो ।

सांस्कृतिक संस्थानको वार्षिकोत्सव अवसरमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने सहभागी टिमलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।