१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको झल्को दिने गरी नलगाडमा न्यायिक कक्ष



अ+ अ-

जाजरकोट । अदालतको झल्को दिने गरी नलगाड नगरपालिकाको न्यायिक समितिले यसवर्षदेखि न्यायिक कक्ष स्थापना गरेरै न्याय सम्पादन गर्न थालेको छ । न्यायिक समितिले प्रभावकारी न्याय सम्पादन गर्न नसकेको गुनासो बढेका कारण कानूनको अनविज्ञता, स्रोत साधनको अभावलगायत कारण देखाएर प्रभावकारी न्याय सम्पादन हुन नसकिएको सम्बद्ध पदाधिकारीले जनाउँदै आएका थिए तर उक्त नगरपालिकाको न्यायिक समितिले यसवर्षदेखि अदालतको झल्को दिने गरी न्यायिक कक्ष व्यवस्था गरेको हो ।

संयोजक सहितको तीन सदस्यीय उक्त समितिले जटिल मुद्दा टुङ्गो लगाउन तीनजना नै सदसय बस्ने गरेको र सामान्य खालका मुद्दामा भने न्यायिक समितिका सदस्यले कानून व्यवसायीसँग परामर्श गरेर विवाद टुङ्गो लगाउने गरेको संयोजक बालकुमारी बस्नेतले बताउनुभयो । समितिको पहिलो बैठकले आमाबाबुले सम्बन्ध विच्छेद गरेपछि अप्ठ्यारोमा परेका दुई नाबालकलाई पालनपोषणको व्यवस्था गर्नुपर्ने निर्णय गरेको उहाँको भनाइ थियोे । जाजरकोट जिल्ला अदालतले एक वर्षअघि उक्त नगरपालिका– ७का सुनिल सिंह र बिमला सिंहबीच सम्बन्ध बिच्छेदको फैसला गरेको थियो ।
सो मुद्दामा उनीहरुका सात वर्षीय छोरा मानव र चार वर्षीय छोरा विज्ञानको पालनपोषणबारे भने अदालत बोलेको थिएन । बाबुआमाको सम्बन्ध विच्छेद भएपछि मानव र विज्ञान नलगाड ५, सिर्केमा आमा बिमलाको साथ बस्दै आएका थिए । बिमलाले गत माघमा नबालक छोराहरुको लागि न्यायिक समितिको कार्यालयमा सुनिल सिंह विरुद्ध पालनपोषणको मुद्दा दर्ता गराउनुभएको थियोे । संयोजक बस्नेत, सदस्य राममाया हमाल र शेरबहादुर नाथको संयुक्त इजलासले गत वैशाखमा उक्त विवादमा बाबु सुनिलले छोराहरु आमासँग रहँदासम्म मासिक पाँच हजार दिनुपर्ने निर्णय गरेको थियो ।

नाबालक छोरा बिरामी परे बाबु सुनिलले ६० प्रतिशत र आमा बिमलाले ४० प्रतिशत खर्च ब्यहोनुपर्ने गरी फैसला भएको इजलास सहायक किरण थापाले बताउनुभयो । गत महीनासम्म उक्त समितिमा ३६ मुद्दा दर्ता भएकामा १९ वटा टुङ्गो लगाइसकेको छ । समितिले छलफल, मेलमिलाप र फैसलाको माध्यमबाट निर्णयमा पुग्ने गरेको उहाँको भनाइ थियो । यहाँका प्रत्येक स्थानीय तहले न्यायिक कार्यसम्पादनका नाममा वर्षेनी ३० लाखसम्म खर्च गर्दै आएकामा उक्त रकम तालीम, सामग्री खरीदलगायत कार्यक्रममा खर्च गर्ने गरेको पाइएको छ ।