१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर

अदालतको झल्को दिने गरी नलगाडमा न्यायिक कक्ष

अदालतको झल्को दिने गरी नलगाडमा न्यायिक कक्ष
अ अ+ अ-

जाजरकोट । अदालतको झल्को दिने गरी नलगाड नगरपालिकाको न्यायिक समितिले यसवर्षदेखि न्यायिक कक्ष स्थापना गरेरै न्याय सम्पादन गर्न थालेको छ । न्यायिक समितिले प्रभावकारी न्याय सम्पादन गर्न नसकेको गुनासो बढेका कारण कानूनको अनविज्ञता, स्रोत साधनको अभावलगायत कारण देखाएर प्रभावकारी न्याय सम्पादन हुन नसकिएको सम्बद्ध पदाधिकारीले जनाउँदै आएका थिए तर उक्त नगरपालिकाको न्यायिक समितिले यसवर्षदेखि अदालतको झल्को दिने गरी न्यायिक कक्ष व्यवस्था गरेको हो ।

संयोजक सहितको तीन सदस्यीय उक्त समितिले जटिल मुद्दा टुङ्गो लगाउन तीनजना नै सदसय बस्ने गरेको र सामान्य खालका मुद्दामा भने न्यायिक समितिका सदस्यले कानून व्यवसायीसँग परामर्श गरेर विवाद टुङ्गो लगाउने गरेको संयोजक बालकुमारी बस्नेतले बताउनुभयो । समितिको पहिलो बैठकले आमाबाबुले सम्बन्ध विच्छेद गरेपछि अप्ठ्यारोमा परेका दुई नाबालकलाई पालनपोषणको व्यवस्था गर्नुपर्ने निर्णय गरेको उहाँको भनाइ थियोे । जाजरकोट जिल्ला अदालतले एक वर्षअघि उक्त नगरपालिका– ७का सुनिल सिंह र बिमला सिंहबीच सम्बन्ध बिच्छेदको फैसला गरेको थियो ।
सो मुद्दामा उनीहरुका सात वर्षीय छोरा मानव र चार वर्षीय छोरा विज्ञानको पालनपोषणबारे भने अदालत बोलेको थिएन । बाबुआमाको सम्बन्ध विच्छेद भएपछि मानव र विज्ञान नलगाड ५, सिर्केमा आमा बिमलाको साथ बस्दै आएका थिए । बिमलाले गत माघमा नबालक छोराहरुको लागि न्यायिक समितिको कार्यालयमा सुनिल सिंह विरुद्ध पालनपोषणको मुद्दा दर्ता गराउनुभएको थियोे । संयोजक बस्नेत, सदस्य राममाया हमाल र शेरबहादुर नाथको संयुक्त इजलासले गत वैशाखमा उक्त विवादमा बाबु सुनिलले छोराहरु आमासँग रहँदासम्म मासिक पाँच हजार दिनुपर्ने निर्णय गरेको थियो ।

नाबालक छोरा बिरामी परे बाबु सुनिलले ६० प्रतिशत र आमा बिमलाले ४० प्रतिशत खर्च ब्यहोनुपर्ने गरी फैसला भएको इजलास सहायक किरण थापाले बताउनुभयो । गत महीनासम्म उक्त समितिमा ३६ मुद्दा दर्ता भएकामा १९ वटा टुङ्गो लगाइसकेको छ । समितिले छलफल, मेलमिलाप र फैसलाको माध्यमबाट निर्णयमा पुग्ने गरेको उहाँको भनाइ थियो । यहाँका प्रत्येक स्थानीय तहले न्यायिक कार्यसम्पादनका नाममा वर्षेनी ३० लाखसम्म खर्च गर्दै आएकामा उक्त रकम तालीम, सामग्री खरीदलगायत कार्यक्रममा खर्च गर्ने गरेको पाइएको छ ।