१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती

तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती
अ अ+ अ-

चितवन । केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन ।

नारायणीको जलसतह मापन गर्न थालेको ६१ वर्षको अवधिमा ११ दशमलव ५४ मिटर यस अघि कहिल्यै मापन भएको थिएन । भरतपुर महानगरपालिका–१ देवघाटमा नारायणी नदीको सतह मापन नारायणी बेसिन फिल्ड कार्यालयले गर्दै आएको छ । कार्यालयका सूचना अधिकारी विशाल अधिकारीका अनुसार सन् १९६३ बाट सरु गरिएको मापनमा हालको तथ्याङ्क सबैभन्दा धेरै हो ।

सतह बढेसँगै देवघाटका वृद्धाश्रमबाट केहीलाई उद्धार गर्नु पर्‍यो । नारायणगढ बजार हुँदै पश्चिम चितवनको गोलाघाटसम्मको बस्ती उच्च जोखिममा थियो । यद्यपि नदी किनार क्षेत्रमा गरिएका तटबन्धनका कारण बाढी वस्तीमा पस्न पाएन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार भरतपुरको वडा नं १, ३, १६, १७, २६, २७ र २८ का केही ठाउँहरुमा बाढी पसेर डुबान भएको थियो । नदीले ५१५ घर डुबानमा परेको र एक हजार ४१० जनालाई एक रातका लागि सुरक्षित ठाउँमा सार्नुपरेको उहाँले जानकारी दिनुभयो । डुबानमा परेर विस्थापित उनीहरु घर फर्किसकेका छन् । नदीले नारायणगढ बजार नजिक समुन्द्री किनार (विच मोडल)का रुपमा विकास गरिरहेको ठाउँमा क्षति पुर्‍याएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले बनाएको मूल संरचनामा क्षति पुगेको छैन । माटो पुरेर ‘मोज्याक टायल’ लगाइएको पैदल मार्ग बगाएको छ ।

भरतपुर महानगरपालिका–२६ भगडीकी पार्वती पौडेल तटबन्धनले बचाएको बताउनुभयो । उहाँले भन्नुभयो, “तटबन्ध नभएको भए हाम्रो बस्ती डुबिसकेको हुन्थ्यो ।” पछिल्ला वर्षहरुमा तटबन्धका कारण बस्ती जोगिएको उहाँको भनाइ छ । वडा नं २६ हिरापुरस्थित नारायणी किनारमा भेटिनुभएका वडाअध्यक्ष ज्ञानप्रसाद खनाल तटबन्धनका कारण पश्चिम चितवन जोगिएको बताउनुहुन्छ । आफ्नो वडाको हिरापुरमा छिरेको नारायणीको पानीको कारण ३० घर डुबानमा परे पनि दुई दिनमै सुकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरु घर फर्किसक्नुभएको छ । तटबन्धन नभएको भए हाम्रो वडा सखाप हुन्थ्यो ।”

वडा नं २६ सँगै २७, २८ पूर्ण प्रभावित हुने खनाल बताउनुहुन्छ । वडा नं २८ का अध्यक्ष दण्डपानी रिजालले नारायणी नदी उर्लिएको भए पनि तटबन्धले जोगाएको बताउनुभयो । पुरानो तटबन्ध भत्काएर सिसवार नजिकै बस्तीमा पानी पसे पनि रोक्न सकिएको रिजालको भनाइ छ । वडा नं १६ मा दुई सय घर बाढीबाट प्रभावित भएको वडाअध्यक्ष अमृत हमालले जानकारी दिनुभयो । झन्झने, गुम्बाचौर र सिद्धिगणेश सामुदायिक वन क्षेत्रबाट नदी पसेको उहाँले बताउनुभयो । यी क्षेत्रमा तटबन्ध गर्न बाँकी छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी प्रकाश लम्साल तटबन्ध नगरिएका क्षेत्रबाट बस्तीमा बाढी पसेको बताउनुहुन्छ । वडा नं २८ र वडा नं २७ को दुई ठाउँमा १० वर्षअघि बनाइएका तटबन्ध बाढीले खोतलेको भए पनि अहिले नयाँ तटबन्धमा सामान्य समस्याबाहेक नदेखिएको उहाँले बताउनुभयो । लम्सालले भन्नुभयो, “कम्तीमा थप तीन किलोमिटर क्षेत्र तत्काल तटबन्ध गर्नुपर्ने देखिएको छ ।”

नारायणी पुलबाट गोलाघाटसम्म ३५ किलोमिटर क्षेत्र पर्दछ । आयोजनाले चितवनतर्फ पाँच योजनासहित नवलपरासीसमेत गरी रु चार अर्ब ७२ करोडमा ठेक्का लगाएर तटबन्ध लगाइरहेको छ । चितवनतर्फका सबै ठाउँमा तटबन्ध लगाउँदा रु दुई अर्ब बजेट थप आवश्यक पर्ने लम्सालको भनाइ छ ।

भरतपुर महानगरतर्फ मात्रै तटबन्धनका लागि रु २६ अर्ब लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तटबन्धका कारण नारायणी नदीले भरतपुर महानगर क्षेत्रमा क्षति हुन नपाएको बताउनुहुन्छ । डुबान भएको ठाउँमा तटबन्ध गर्न नभ्याएका कारण बाढी पसेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भरतपुरतर्फको ३५ किलोमिटरमध्ये झन्डै १० किलोमिटर तटबन्ध गर्न बाँकी छ । ती ठाउँका लागि पहल भइरहेको छ ।”

भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर बनाएको पैदल मार्गमा केही क्षति पुगेको नगर प्रमुख दाहालले जानकारी दिनुभयो । दुई संस्थाले रु ९० लाख लागतमा पैदल मार्ग बनाएका थिए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नदी तटीय सबै क्षेत्रमा तटबन्धको आवश्यकता देखिएको बताउनुभयो । नारायणगढस्थित नारायणी नदी किनारका मुख्य संरचनामा क्षति नभएको र खाल्टो परेको ठाउँमा मर्मत गरेर पूर्ववत् अवस्थामा फर्काउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले थाहा पाएपछिको ठूलो बाढी आयो तर जनधनको क्षति हुन पाएन ।”रासस