२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन



अ+ अ-

काठमाडौँ । ललितपुरस्थित नख्खुखोलामा आएको भीषण बाढीबाट प्रभावित पीडितहरु जीवन गुजाराको पीडाले छटपटाएका छन् ।

खोला छेउमा भाडामा अस्थायी टहरा बनाई विभिन्न पेशा गर्दै आएका उनीहरुको लाखौँको धनमाल बाढीले बगाएपछि अब कसरी जिउने भन्ने चिन्ताले छटपटाएका हुन् ।

उनीहरुले आफूहरुको पीडामा साथ दिने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गरे । ललितपुर महानगरपालिका भित्र पर्ने सो क्षेत्रमा महानगरपालिकाले समेत कुनै वास्ता नगरेको गुनासो उनीहरुको छ । आफन्त कहाँ गाँस र बासको सहारा लिन बाध्य भएका उनीहरुले तत्काल अस्थायी आवास र खानालगायतका राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । अस्थायी टहरा भित्र कुखुरा पालन गर्दै आएका एक पीडितले आफ्नो करिव २०/२५ लाख बराबरको क्षति हुँदा पनि सरकारले कुनै वास्ता नगरेको गुनासो गर्नुभयो । उहाँले तत्काल आफूहरुलाई क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मेरो भाडाकुँडा, कुखुरा लगायतका धेरै क्षति भयो । करिव २०/२५ लाख जतिको क्षति भएको होला । यहाँ राहतको लागि भनेर वडाको पनि आएका छैनन् । सरकारका अरु प्रतिनिधिहरु पनि आएका छैनन् । यो ललितपुर महानगरपालिका भित्र १४ नम्बर वडामा पर्छ । सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्‍यो ।’

बाढीले घरवास उठाएपछि आफूहरु अर्काको घरमा शरण लिएर बस्न बाध्य भएको एक वृद्धले बताउनु भयो । उहाँले सरकारले यस्तो विपद्मा पनि कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अर्काको घरमा कोठा लिएर बसेका छौं । नभिजेको सामान त्यहाँ राखेर बसेका छौं । यहाँ बस्न सक्ने अवस्था छैन । घर भित्र त हिलो निकालेर सफा गर्ने काम मात्रै भईराखेको छ । सरकारले कुनै वास्ता गरेन । तत्काल राहतको व्यवस्था हुनु पर्‍यो ।’

बाढीले लगाउने कपडा र भाँडाकुँडा सबै बगाएको विलौना अर्की पीडितको छ । उहाँले बालबच्चालाई राख्नका लागि भाडाको कोठा समेत नपाएको गुनासो गर्नुभयो । सरकारले तत्काल आवासको व्यवस्था गरिदिए हुने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो,‘स्थानीय सबै भाडाँकुडाहरु बगाएर लग्यो । कपडा, फ्रिज पनि बगाएर लग्यो। अहिले साथीकोमा बसेका छौं । कोठा पनि पाएको छैन । तत्काल आवासको व्यवस्था गरिदिए हुन्थ्यो ।’

ललितपुरमा अविरल वर्षासँगै नख्खु खोलामा भिषण बाढीले खोला किनारामा अस्थायी टहरा बनाएर ग्रिल व्यवसाय, होटल व्यवसाय, बुंगुर पालन, कुखुरा पालन लगायतका पेशा गर्दै आएकाहरुको उठिबास भएको छ । बाढीले बगाएर २ जनाको भने ज्यान गएको छ । यता, स्थानीय सरकार र संघीय सरकारले पनि हालसम्म पनि कुनै सहायता नदिएको भन्दै आक्रोशित भएका छन् ।