४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

दक्षिण ललितपुरका विकट गाउँमा नि:शुल्क वृहत प्रजनन स्वास्थ्य शिविर

दक्षिण ललितपुरका विकट गाउँमा नि:शुल्क वृहत प्रजनन स्वास्थ्य शिविर
अ+ अ-

ललितपुर । गत असोज १२ गते आएको बाढी पहिराका चपेटामा परेका समुदायलाई लक्षित गरि नेपाल परिवार नियोजन संघ उपत्यका शाखाले विभिन्न ८ ठाउँमा न्यूनतम प्रारम्भीक सेवा अन्तरगतका सेवा सहित नि:शुल्क स्वास्थ्य शिवीरको आयोजना गरेको छ ।

जस अनुसार उपत्यका शाखाले बागमति गाउँपालिका अन्तरगत वडा नं ३ स्थित भटृेडाडा हेल्थपोष्ट, वडा नं ४ प्यूटारस्थित थाङ्गसिङ्गटार अस्पताल र वडा नं ५ ईकुडोल स्वास्थ्य केन्द्रमा वृहत प्रजनन स्वास्थ्य शिविरको आयोजना गर्यो ।

जसमा स्त्री तथा प्रसुती सेवा, पाठेघरको मुखको क्यान्सर, पाठेघर खसेकाहरुका लागि रिङ्ग राख्ने, नवजात शिशु तथा गर्भवति आमाहरुको स्वास्थ्य सेवा, यौनरोगको परिक्षण तथा एचआईभि परिक्षण, परिवार नियोजनको स्थायी तथा अस्थायी सेवा, लैडिङ्गकतामा आधारित हिंसा सम्बन्धी परामर्श तथा परिक्षण, वृद्ध उमेरका ब्यक्तिहरुको लागि स्वास्थ्य सेवा र सुुरक्षित गर्भपतन सेवा तथा प्रयोगशाला सेवा समेत उपलब्ध गराईएको थियो ।

काठमाण्डौ उपत्यकाभित्र पर्ने ललितपुर जिल्लाको ग्रामिण भेगलाई नेपालको दोश्र्रो कर्णाली भन्ने गरिन्छ । चापागाँउबाट भट्टेडाँडा, ईकुडोल र प्यूटार पुग्न सवारी साधनमा तीनदेखि ४ घण्टा लाग्ने गर्छ भने त्यहाँको दैनिकी निकै कष्टकर रहेको स्थानीय वासिन्दा बताउँछन ।

शिवीरमा १७० जनाको पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण गरिँदा २ जनामा पोजिटीभ पाईएको शाखाका प्रवन्धक शरदकुमार अर्यालले बताए । सो शिवीरमा ११० जनाको यौनरोग परिक्षण,४० महिलाको गर्भवति परिक्षण, ७० जनाकोे एचआईभि परिक्षण र २ जना पूरुषलाई स्थायी बन्ध्याकरण सेवा दिइएको थियो ।

उक्त नि:शुल्क स्वास्थ्य शिवीरको लागि संघको उपत्यका शाखाका शाखा प्रबन्धक शरद कुमार नेतृत्वमा डा.कृपा क्षेत्रीसहित १० सदस्य रहेका थिए ।