काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बसिरहेको छ । बबरमहलमा रहेको बसेर बुटिक होटलमा बैठक बसेको छ ।
निरन्तरको झरीले एमाले मुख्यालय डुवानमा परेपछि बैठक होटलमा राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उहाँले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताउनुभयो ।