१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल

खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल
अ अ+ अ-

काठमाडौं -बाढी पहिरो खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सबै जिल्ला संघहरुलाई अपिल गरेको छ ।

महासंघले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै सबै जिल्ला संघहरु बाढी पहिरोमा परेको नागरिकको खोज तथा उद्धा र राहत वितरणमा सरकारी अभियानमा सक्रिय सहभागिताको लागि अफि गरेको हो । महासंघले मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त हुनुको साथै जनधनको ठूलो क्षति भएको जानकारी दिएको छ ।

महासंघका अध्यक्ष सिताराम न्यौपाने द्वारा विज्ञप्तीमा भनिएको छ,‘ हालैको मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । साथै जनधनको ठूलो क्षति भएको कुराबाट हामी अनविज्ञ छैनौँ । यस दुःखद् घडीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबै व्यक्तिहरुप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै मृतकका परिवाजनप्रति समवेना व्यक्त गर्दछ । महासंघ घाइतेहरुको निःशुल्क उपचार गर्ने सरकारी कदमको प्रशंसा गर्दै विपत्तिका कारण विस्थापित भएका नागरिकहरुलाई यथाशिघ्र राहत उपलब्ध गराई उनीहरुको पुनःस्थापनाको उपयुक्त व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ । साथै महासंघ आफ्ना सबै जिल्ला संघहरु तथा मुलुकभरका क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई यस प्राकृतिक विपत्तिका कारण विस्थापित सबै नागरिकहरुलाई खोज तथा उद्धार गरी राहत उपलब्ध गराउने सरकारी अभियानमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्दै यस प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइदिनुहुन समेत अपिल गर्दछ ।’

महासंघले प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइ आग्रह गरेको छ ।