१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल



अ+ अ-

काठमाडौं -बाढी पहिरो खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सबै जिल्ला संघहरुलाई अपिल गरेको छ ।

महासंघले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै सबै जिल्ला संघहरु बाढी पहिरोमा परेको नागरिकको खोज तथा उद्धा र राहत वितरणमा सरकारी अभियानमा सक्रिय सहभागिताको लागि अफि गरेको हो । महासंघले मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त हुनुको साथै जनधनको ठूलो क्षति भएको जानकारी दिएको छ ।

महासंघका अध्यक्ष सिताराम न्यौपाने द्वारा विज्ञप्तीमा भनिएको छ,‘ हालैको मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । साथै जनधनको ठूलो क्षति भएको कुराबाट हामी अनविज्ञ छैनौँ । यस दुःखद् घडीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबै व्यक्तिहरुप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै मृतकका परिवाजनप्रति समवेना व्यक्त गर्दछ । महासंघ घाइतेहरुको निःशुल्क उपचार गर्ने सरकारी कदमको प्रशंसा गर्दै विपत्तिका कारण विस्थापित भएका नागरिकहरुलाई यथाशिघ्र राहत उपलब्ध गराई उनीहरुको पुनःस्थापनाको उपयुक्त व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ । साथै महासंघ आफ्ना सबै जिल्ला संघहरु तथा मुलुकभरका क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई यस प्राकृतिक विपत्तिका कारण विस्थापित सबै नागरिकहरुलाई खोज तथा उद्धार गरी राहत उपलब्ध गराउने सरकारी अभियानमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्दै यस प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइदिनुहुन समेत अपिल गर्दछ ।’

महासंघले प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइ आग्रह गरेको छ ।