१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक



अ+ अ-

काठमडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताउनुभएको हो ।

त्यसपछि राहत वितरण, घाइतेहरुको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरु सुचारु गर्नका लागि सरकार क्रियाशिल भइरहेको उहाँले बताउनु भयो । उहाँले विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी गराउनु भयो । बिरामीहरुलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार भइरहेको उहाँले बताउनु भयो । त्यस्तै सडक सञ्जाल मर्मतको कामपनि सबै अवरुद्ध भएका ठाउँहरुमा चलिरहेको उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरुलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको प्रष्ट्याउनु भयो । नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरुलाई समयमै उद्धार गर्न नसक्दा उनीहरु बगेका थिए । सो कुराको सांसदहरुले आलोचना गरेसँगै उहाँले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन । सरकारले हेर्नै सकेन भन्ने होइन । हामीले प्रयत्न गरेको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ । प्रहरीले उहाँहरुलाई उद्धार गर्ने प्रयत्न गरेको छ । हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो । प्रतिकुल मौसमका कारणले भएन । प्रयत्न गर्दागर्दै पनि उहाँहरु बग्नुभयो । ३ जनाको उद्धार भयो । २ जना बेपत्ता भएको अवस्था छ । सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको होइन । कोशिस गरेको हो ।

मृतकको परिवारलाई गृह मन्त्रालयले घोषणा गरे अनुरुपको दुई लाख रुपैयाँ ललितपुर जिल्लाले त आजै दिन सक्ने भनेको छ । आवश्यकता भएको जिल्ला व्यवस्थापन समितिहरुमा प्राधिकरणबाट आवश्यक रकम पठाइएको छ । यदि राहतका लागि रकमको अभाव भयो भने तत्काल रकम उपलब्ध गराइने कुरा सबैलाई जानकारी गराइएको छ । त्यसको सुुनिश्चितता गरिएको छ । हामी अहिले खोज, उद्धार, राहत, बिरामीहरुको उपचार, घाइतेहरुको उपचार र सडक आवागमनलाई सुचारु गर्ने विषयमा केन्द्रीत भएका छौँ । र त्यसमा लाग्छौँ । यसपछि बिस्तृत क्षतिको जानकारी लिएर पुर्ननिर्माणका कामहरु, अरु पनि धेरै कामहरु गर्नेछौँ ति कामहरु गर्नेछौँ ।’

गृहमन्त्री लेखकले विपद्मा परी हालसम्म २१८ जनाको मृत्यु भएको जानकारी गराउनु भयो । त्यसैगरी १४३ जना घाइते र २७ जना बेपत्ता भएको उहाँले बताउनु भयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरुले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको उहाँले जानकारी दिनुभयो ।