३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली लागेर गोविन्दा घाइते



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता गोविन्दा खुट्टामा गोली लागेर घाइते भएका छन् । उनलाई आफ्नै रिभल्भरले गोली लागेको थियो ।

गोली चल्दा उनले कपाटमा रिभल्भर राखेका थिए । घटना मंगलबार बिहान करिब ४ः४५ बजे भएको हो ।

शल्यक्रियापछि उनको खुट्टाबाट गोली निकालिएको छ । अभिनेता अहिले खतरामुक्त छन् ।

घटना हुँदा गोविन्दा घरमा एक्लै थिए । उनीसँग लाइसेन्स प्राप्त रिभल्भर छ । रिभल्भरबाट अकस्मात गोली चलेको थियो, जुन उनको खुट्टामा लागेको थियो ।

यस विषयमा कुनै उजुरी परेको छैन । यस मामिलामा शंकास्पद केही छैन ।

उनलाई उपचारका लागि अंधेरीस्थित कृति केयर अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार प्रारम्भिक उपचारपछि गोविन्दा अहिले खतरामुक्त छन् । उनको छोरी टीना (नर्मदा) अहिले उनीसँगै अस्पतालमा छिन् ।

दुर्घटना हुँदा उनकी श्रीमती सुनिता आहुजा बाबा खातुश्यामको दर्शन गर्न जयपुर गएकी थिइन् ।