१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली लागेर गोविन्दा घाइते



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता गोविन्दा खुट्टामा गोली लागेर घाइते भएका छन् । उनलाई आफ्नै रिभल्भरले गोली लागेको थियो ।

गोली चल्दा उनले कपाटमा रिभल्भर राखेका थिए । घटना मंगलबार बिहान करिब ४ः४५ बजे भएको हो ।

शल्यक्रियापछि उनको खुट्टाबाट गोली निकालिएको छ । अभिनेता अहिले खतरामुक्त छन् ।

घटना हुँदा गोविन्दा घरमा एक्लै थिए । उनीसँग लाइसेन्स प्राप्त रिभल्भर छ । रिभल्भरबाट अकस्मात गोली चलेको थियो, जुन उनको खुट्टामा लागेको थियो ।

यस विषयमा कुनै उजुरी परेको छैन । यस मामिलामा शंकास्पद केही छैन ।

उनलाई उपचारका लागि अंधेरीस्थित कृति केयर अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार प्रारम्भिक उपचारपछि गोविन्दा अहिले खतरामुक्त छन् । उनको छोरी टीना (नर्मदा) अहिले उनीसँगै अस्पतालमा छिन् ।

दुर्घटना हुँदा उनकी श्रीमती सुनिता आहुजा बाबा खातुश्यामको दर्शन गर्न जयपुर गएकी थिइन् ।