४ असार २०८३, बिहीबार
,
Latest
संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे



अ+ अ-

काठमाडौं । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले वढेको छ ।

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिनुभयो ।

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् ।

यहाँ जीप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् । निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावार र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन् ।