२ भाद्र २०८३, मंगलवार
,
Latest
खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने



अ+ अ-

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ। बैठकमा भोलि असार ५ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने एजेण्डाहरूमाथि प्रारम्भिक छलफल सुरु गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो

बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने, आगामी केन्द्रीय महाधिवेशनको तालिका तय गर्ने तथा पार्टी संगठन सुदृढीकरणसँग सम्बन्धित विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।

यसका साथै सक्रिय सदस्यता वितरण नियामावली–२०८३, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली, निर्वाचन कार्यतालिका तथा निर्वाचन निर्देशिका–२०८३ माथि विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।

राप्रपाले आगामी सांगठनिक गतिविधि र आन्तरिक संरचना व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ बैठकमार्फत महत्वपूर्ण निर्णय प्रक्रियालाई अघि बढाउने तयारी गरेको जनाएको छ।