३० श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन



अ+ अ-

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका– ५ स्थित कनकासुन्दरी माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) जुनियर डिभिजन तालिम प्रदान गरेको छ ।

जुम्लास्थित नेपाली सेनाको देवीदत्त गणले सो विद्यालयका विद्यार्थीलाई यही असार १ गतेदेखि राष्ट्रिय सेवा दल जुनियर तालिम आज सञ्चालन गरिएको देविदत्त गणका गणपति प्रमुख सेनानी धीरज थापाले बताउनुभयो ।

एकसय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन जिल्लामै सञ्चालन हुने छ । बाँकी २१ दिन नेपालगञ्जमा तालिम सञ्चालन हुने भएको छ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमानदारिता र बफादारीताबारे प्रशिक्षित गरिने प्रमुख सेनानी थापाको भनाइ छ ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख दामोदरप्रसाद आचार्यले विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण संरक्षणलगायतका विषयमासमेत जानकारी गराइने सो तालिमको महत्व दीर्घकालीन रहेको बताउनुभयो ।

विद्यालयले नेपाली सेनाको पहलमा हुने सो तालिमबाट राष्ट्र र राष्ट्रियता प्रतिबद्ध, वातावरण संरक्षणमा सचेत तथा अनशासित जनशक्ति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छ । नेपाली सेनाले देशव्यापी रुपमा यसकिसिमको तालिम कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।