९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

असंलग्नको मूल्यप्रति नेपाल प्रतिबद्ध: प्रधानमन्त्री ओली

असंलग्नको मूल्यप्रति नेपाल प्रतिबद्ध: प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलनले तय गरेका विश्व शान्ति, न्याय र समानताका सूत्र एवं मूल्यहरूप्रति आजका दिनमा पनि प्रतिबद्ध हुनु आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, “त्यसप्रति नेपाल प्रतिबद्ध छ । पारस्परिक अहस्तक्षेप, सहअस्तित्व, सार्वभौमसत्ता र स्वाधीनताको सम्मानजस्ता विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।”

नेपाल टेलिभिजनसँग मङ्गलबार राति समसामयिक विषयमा कुरा गर्दै उहाँले विश्वमा अहिले पनि अशान्तिको खतरा रहेको चर्चा गर्दै शान्तिको पक्षमा क्रियाशील हुनु जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले १८औँ शिखर सम्मेलनले असंलग्न आन्दोलनका आधारभूत सिद्धान्त र आजको आवश्यकतालाई सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरे । उनले नेटो र वार्सा सङ्गठनमा विभक्त विश्व परिस्थितिमा तटस्थताका लागि असंलग्न आन्दोलन जन्मिएको चर्चा गर्दै विश्व आज व्यापारिक, आर्थिक, प्रविधिको प्रतिस्पर्धामा रहेको बताए ।

उनले अन्तर्राष्ट्रिय जगतमा पनि सबै राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा हुनुपर्नेमा जोड दिए । उनले असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलनले तय गरेका असंलग्न आन्दोलनका नीतिहरूसँग नेपाल सहमत रहेको र संयुक्त राष्ट्रसङ्घको वडापत्रका असंलग्न आन्दोलनका सिद्धान्तहरूप्रति निष्ठा रहेको स्पष्ट पारे ।प्रधानमन्त्री ओलीले भर्खरै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबाट दुई देशबीच बृहत्तर राष्ट्रिय पारस्परिक हित, सम्मान र विश्वासको जगमा उठेको दीर्घकालीन मित्रता कायम भएको बताए ।

उनले भने, “सबैभन्दा महìवपूर्ण कुरा मित्रता हो । मित्रता छ भने सबै कुरा छ । मित्रता छैन भने केही पनि छैन । सबै अपेक्षाहरू मित्रताबाट हासिल हुन्छन् । मित्रताविनाका अपेक्षाहरू ती काम लाग्दैनन् । धोका हुन्छन् । असम्भव हुन्छन् ।” उनले चीनका राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको मित्रता असाधारण ढङ्गले सुदृढ, व्यापक र उचाइमा उठेको बताए । उनले भने, “यो मित्रता दुई सरकार, दुई नेता, दुई पार्टीबीचको मित्रता जस्तो मात्र होइन । त्योभन्दा व्यापक कुरा हो । दुई देशका बीचको मित्रता हो । त्यसकारण यो मित्रतालाई यो वा त्यो सहमतिको सीमाभित्र मात्र नाप्नु हुँदैन ।”

उनले नेपाल र चीनबीच भएको रणनीतिक साझेदारीप्रति कुनै भ्रम नराख्न आग्रहसमेत गरे । उनले भने, “यो कुनै मिलिटरी साझेदारी वा राजनीतिक गठबन्धन हो जस्तो लागेको छ भने त्यो होइन । यो साझा, समृद्ध भविष्यतर्फ उन्मुख, साझा प्रतिबद्धताको अभिव्यक्ति र पारस्परिक विश्वास र सहयोगको उच्चस्तरीय दीर्घकालीन आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सहयोगको आदानप्रदान र सहकार्य हो ।” उनले एउटा अलि पछाडि परेको मित्रले अलि अगाडि बढेको मित्रबाट सहयोग प्राप्त गर्नु स्वाभाविकै भएको बताए ।

उनले भने, “अन्तर्राष्ट्रिय राजनीतिक सन्तुलमा पनि यसका फाइदा छन् । कसैका भिन्न उद्देश्य छन् अथवा गुप्त उद्देश्य छन् भने त्यो त म जान्दिनँ । त्यस्ता उद्देश्यका कारणले विरोध गर्नुपर्ने छ भने मलाई थाहा छैन । तर नेपालले दुई देशका बीचका सम्बन्धहरू राखेको र अन्तर्राष्ट्रिय रूपमा विश्व भाइचारा र मित्रताको पक्षमा नै योगदान गर्छ यसले ।” उनले सबैसँग छ मित्रता, छैन कसैसँग शत्रुता भन्ने स्पष्ट नीति नेपालको रहेको समेत स्पष्ट पारे । उनले भने, “कुनै पनि देशसँग सहमति, सम्झौता र समझदारी गर्दा अर्को कसैकोविरुद्ध गर्दैनौँ ।

यो हाम्रो बटम लाइन हो । आफ्नो पक्षमा दुई पक्षीय गर्छौं ।” उनले भने, “राष्ट्रपति सी भारत हुँदै आउनुभयो । त्यहाँ पनि त्रिदेशीय सम्बन्ध सहकार्यका बारेमा कुरा चल्यो । हामी त्रिदेशीय सम्बन्धलाई अगाडि बढाउने पक्षमा छौँ ।” उनले चीन र भारतको मित्रता निकै बढेको र त्यसबाट आफू निकै खुसी भएको बताए । उनले भने, “ठूला, बलिया छिमेकीको बीचमा तनाव भयो भने हामीलाई त्यसै नराम्रो हुन्छ । तनाव भएन मित्रता भयो, पारिस्परिक विश्वास बढ्दै गयो भने हामीलाई यसै फाइदा हुन्छ ।”

उनले नेपाल, चीन र भारत तीनवटै देश विकासका प्रश्नमा साझेदारी, सहकार्य गरी अगाडि बढ्न सक्ने बताए । उनले भने, “प्राकृतिक, छिमेकीलगायत थुप्रै हिसाबले भाग्यहरू जोडिएका पनि छन् । त्यसैले विकास, पूर्वाधार र सामाजिक प्रवन्धका अनेक कुरामा सहकार्य गर्नु पनि छ ।” उनले एसियाका सबभन्दा ठूला, बलिया देशहरू एकै ठाउँ हुँदा त्यसले विश्व शान्ति, स्थिरता र स्थायित्वका लागि योगदान पुर्याउने बताए । उनले राजनीति, सरकार र शासनलाई राजनीतिक गफको अखडा नबनाई विकासका प्रयासमा केन्द्रित गर्ने गरेको बताए ।

उनले जनतामा आशावादिता जगाउनु, जनता आशावादी हुनु र निराशाबाटमुक्त हुनुको महìव धेरैले नबुझेको र केहीले बुझपचाएको बताए। उनले विश्व मञ्चमा नेपालले विचार र सन्देशसाथ सहभागी हुने गरेको बताए । उनले भने, “समुचित नीति, स्पष्ट दृष्टिकोणसहित अन्तर्राष्ट्रिय मञ्चमा जान्छौँ । त्यसले गर्दा हाम्रो कुरो त्यहाँ सुनिन्छ । त्यसैले नेपालको परिचय र प्रतिष्ठा माथि उठेको छ ।” गोरखापत्र दैनिकबाट