३ असार २०८३, बुधबार
,
Latest
विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर बनोस्ः सांसद राई



अ+ अ-

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीवी राईको खोजिमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप बलगाउनुभएको छ ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँको सहकारी ठगीको विषय न्यायिक विषय भएपनि नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको बताउनु भयो ।

उहाँले रास्वपा सभापति रवि लामिछानेलाई इंगित गर्दै विगतमा आकाश पताल जहाँ भएनि खोजेर ल्याउने अभिव्यक्ति दिनेहरु अहिले मौन रहेको टिप्पणी गर्नुभयो । राई पक्राउ परे समस्या हुने डरले सरकार पक्षले चासो नदिएको हुनसक्ने उहाँको आशंका छ ।

उहाँले भन्नुभयो, ‘जीवी राई सहकारी ठग मात्रै भनेर हामीले भनिरहेका छैनौँ ? उ नेपाली नागरिक हो कि होइन ? देशको एउटा नागरिक हराएको छ । उहाँको सहकारीसम्बन्धी विषय अदालतले हेर्ला त्यो कानूनी पाटो हो । यसमा सरकार र सम्बन्धीत मन्त्रालयले काम गर्ने हो ? हिजो कि दिनमा उहाँहरुले नै आकाशमा गएपनि पातालमा गएपनि ल्याउँछु भन्नुभएको होइन । खै ?’

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई अहिले फरार रहेका छन् । उनीमाथि मुलुकका विभिन्न जिल्लाहरुमा सहकारी ठगी र सांगथठनिक अपराधको कसुरमा मुद्दा चलिरहेका छन् । –न्युज एजेन्सी नेपाल