३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’



अ+ अ-

काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण विघटनको संघारमा पुगेको बताउनुभएको छ ।

बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उहाँले माक्र्सवादी दर्शनलाई आत्मसात गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन संकटमा परेको बताउनुभएको हो ।

माक्र्सवादी दर्शनको सार व्याख्या गर्नु मात्र नभई परिवर्तन गर्नु रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार किताबी दर्शन र जीवन व्यवहारबीचको दूरी, संसदवादप्रतिको अत्याधिक झुकाव तथा जडसूत्रीय ढंगले माक्र्सवादलाई कुण्ठित गर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको हो ।

शर्माले भौतिकवादी दर्शनको वकालत गर्ने नेताहरू स्वयं व्यवहारमा आदर्शवादी बनेको आरोप लगाउनु भयो । भनाईमा भौतिकवादी र जीवनमा आदर्शवादी मान्यता राख्ने नेतृत्वको कारण कम्युनिस्ट आन्दोलन विघटनको संघारमा पुगेको उहाँको दाबी छ । उहाँले आफूमा समेत यस्तो कमजोरी देखिएको स्वीकार गर्नुभयो ।

उहाँले नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ कि छैन भन्ने विषयमा पनि गम्भीर बहस आवश्यक रहेको बताउनु भयो । कुन सिद्धान्तका आधारमा कसलाई कम्युनिस्ट पार्टी भन्ने हो ? उहाँको प्रश्न छ । उहाँले नेपालका कम्युनिस्ट पार्टीहरु जनताको जीवनसँग जोडिन नसकेको आरोप लगाउनु भयो । जनतासँग जोडिएको दाबी गर्ने शक्तिहरू पनि आदर्शवादी ढंगले अघि बढेको उहाँको टिप्पणी छ ।

उहाँले उत्पीडित वर्ग, जाति, क्षेत्र, भाषा र लिंग समुदायको नेतृत्व गर्न तथा उनीहरूको जीवनमा परिवर्तन ल्याउन कम्युनिस्ट आन्दोलन असफल भएको दाबी गर्नुभयो । सुकुम्बासीहरू विस्थापित हुनुपर्ने, तल्लो वर्ग राज्यका साधन–स्रोतबाट वञ्चित रहनुपर्ने तथा भाषिक, सांस्कृतिक, वर्गीय र जातीय विभेद कायम रहनु कम्युनिस्ट आन्दोलनको कमजोरीको प्रमाण भएको उहाँको भनाई छ । वर्तमान राजनीतिक अवस्था आउनुमा कम्युनिस्ट दलहरूकै कमजोरी मुख्य कारण भएको उहाँको भनाई छ । जनताका समस्यामा दृढतापूर्वक उभिन नसक्नु र भ्रष्टाचारजस्ता कार्यमा संलग्न भएका कारण कम्युनिष्टहरुको जनसमर्थन घटेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसलाई कम्युनिष्ट पार्टी भनेर भन्ने हो आज ? यो कुन सिद्धान्तका आधारमा कम्युनिष्ट पार्टी मान्ने हो ? कम्युनिष्ट पार्टीले जनताको जीवनसँग जनतासँग जोडिएकै छैन, भन्ने कुरा देखिसकियो । जोडिनै चाहन्न भन्नेकुरा पनि देखिएको छ । जोडिएकाहरू भन्नेहरू आदर्शवादी ढंगले अगाडि बढेको कुरा पनि घाम जत्तिकै छर्लङ्ग छ । त्यसकारण साच्चिकै कम्युनिष्ट पार्टी छ त आज नेपालमा ? यो बहस आवश्यक छ । यो दार्शनिक रूपले, यो राजनीतिक रूपले, यो वर्ग संघर्षका दृष्टिकोणले, यो समाज परिवर्तनका दृष्टिकोणले यो छलफल बहस आजको आवश्यकता हो ।’

उहाँले क्रान्तिकारी माक्र्सवादी दिशाबाट मात्र समाज रूपान्तरण सम्भव हुने बताउनु भयो । आफूले यही कुरा तत्कालिन माओवादी पार्टीमा उठाउँदा आफू निकालिनु परेको उहाँको गुनासो छ ।