२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरालाई तेस्रोपटक म्याद थपका लागि अदालत लगिदै



अ+ अ-

काठमाडौँ । तेस्रोपटक म्याद थपका लागि बुधबार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिँदैछ । प्रहरीले अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि अदालत लैजान थालेको हो ।

गत आइतबार जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । असोज २८ गते अदालतले महरालाई ३ दिन म्याद थप गरेको थियो । त्यसअघि दसैँ बिदामा अदालत बन्द रहेकोले प्रहरीले १० दिनसम्म महरालाई म्याद थपका लागि अदालत उपस्थित गराएको थिएन ।

फौजदारी मुद्दामा हिरासतमा लिएको २५ दिनभित्र अनुसन्धान सकेर अदालतमा अभियोगपत्र दायर गर्नुपर्छ । तर हालसम्म प्रहरीले यो मुद्दाबारे राय सुझावसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको छैन । किटानी जाहेरी परेपछि महरा गत असोज १९ गते साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए । महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले आरोप लगाएकी हुन्। महराले आफूमाथि असोज १२ गते प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो ।