१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारबाटै गरे प्रधानमन्त्री ओलीले ठूला आयोजनाको अनुगमन



अ+ अ-

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरूको अनुगमन गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार दिउँसो ठूला आयोजनाहरूको अनुगमन गरेका हुन् ।

विभागीय मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्री ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरबका आयोजनाको अनुगमन गरेका हुन्।

एक्सन रूममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।