५ असार २०८३, शुक्रबार
,
Latest
सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सीमा सम्बन्धि अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ नगरेकोमा नेकपाको आपत्ति



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धि अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको  गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको पनि आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उहाँले आफैले संसदमा आएर नसच्याएसम्म आफूहरुको विरोध कायमै रहने अडान पनि स्पष्ट पार्नुभयो । सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको जिकीर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले संसदको हुर्मत लिने काम गरिनै राखेको छ । हामीले प्रधानमन्त्रीको लगत अभिव्यक्ति सच्याउन भन्यौ । तर आजसम्म न सभामुखजीले सरकारलाई रुलिङ गर्नुहुन्छ । तपाईं संसदको रोष्टममा आएर यो भनाई सच्याउनहोस् न रुलिङ गर्नुहुन्छ न सरकार जवाफदेही भएर संसदमा आएर जवाफ दिन्छ । यसबारे आफनो प्रष्टोक्ति राख्छ । यस सन्दर्भमा फेरि हामी सबै प्रतिपक्ष दलहरुको एउटै अभिव्यक्ति छ–उक्त गलत अभिव्यक्ति संसदमा नै आएर सच्याईयोस । उहाँले भनेको कुरा सही छ भने हाम्रो सामू यो यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस । सीमानाको बारेमा उहाँले दिएको लगत अभिव्यक्ति सच्याइयोस् । त्यो सच्याउनका लागि सभामुखबाट तत्काल रुलिङ होस भन्न चाहन्छु ।’

सांसद शर्माले सरकार संसदप्रति उत्तरदायी भएको गुनासो पनि गर्नुभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै