१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनिमून खल्लो भएके भन्दै श्रीमतिले मागिन् सम्बन्धविच्छेद



अ+ अ-

काठमाडौं । एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीबाट आजित भएर तलाकको आवेदन दिएकी छन् । यूएईमा हनिमून मानउन गएकी उनले आफ्नो श्रीमानलाई कन्जूस बताउदै श्रीमानसँग सम्बन्धविच्छेदको दरखास्त दिएकि हुन् ।

साथै महिलाले अबूधाबी डिपार्टमेन्ट अफ फेमिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्बन्धविच्छेदको आवेदन दाखिल गरेकी छन् । विवाहको ३ हप्तामै महिलालाई आफ्नो ईरानी श्रीमान कन्जूस भएको थाहा भएको हो ।

सो विषयमा कुरा गर्दै महिलाले उनका श्रीमानले विवाहपछि एकै दिराम ९यूएई मुद्रा० खर्च नगरेको बताइन् । जसकारण उनलाई सम्बन्धविच्छेद गर्न विवश हुनुपर्‍यो । यसका साथै महिलाले अदालतमा भनिन् ”मेरो श्रीमान मभन्दा १३ बर्ष उमेरमा कम छन् र विवाहको पहिलो दिनबाटै उनले मलाई पानी, बिजली र गृहस्थीको खर्च भर्न भने।”

त्यस्तै महिलाका श्रीमानले सबै दस्तावेज हराएको भन्दै केहि रकम तिराएको बताए । महिलाले घरको फर्नीचर समेत आफ्नो पैसाले किनेकि थिइन् । यति सबै गरेपछि पनि उनले उपेक्षा गरेको महिलाले बताउदै आएकी छन् । जसकारण उनले सम्बन्धविच्छेद लिने निर्णय गर्नुपर्यो ।