३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड



अ+ अ-

काठमाडौं । पैचो पसल प्रालिले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स समिट २०८३ तथा डिलर मिट सम्पन्न गरेको छ ।

‘बसेपनि शहर गाँउ कै खाने रहर’ नारालाई आत्मसाथ गर्दे आएको कम्पनीले नेपालको उत्पादनलाई प्रवर्धन र स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनलाई राज्यले समेत प्राथामिकता दिनु पर्ने आवश्यकता औल्याइएको थियो ।

पैचो पसल प्रालिका प्रवन्ध निर्देशक धुब्रराज न्यौपानले स्वदेशी उत्पादन प्रति उपभोक्ताको रोजाई बढ्दै गएको भन्दै प्रतिस्पर्धी बजारमा पैचोले फरक र मौलिक स्वाद दिदाँ उपभोक्ताले पैचोका उत्पादन मन पराइरहेको बताए । उनले भने ‘कृषि सम्बधी उद्योगमा लगानी निकै कम छ । कृषि क्षेत्रको विकासको लागि स्वदेशी उत्पादनको बजारीकरणको आवश्यकता छ । पछिल्लो समय नेपाली उत्पादन स्वदेश तथा विदेशका विभिन्न स्थानमा पुगिरहेको अवस्थामा नेपालको मार्केट समेत बिस्तार भइरहेको छ । अब राज्यले लगानी प्रवर्धनको लागि वातावरण बनाउनु पर्छ ।’

पैचो पसल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशवराज न्यौपानले पछिल्लो समय नेपाली उत्पादनले बिदेशी उत्पादनसंग प्रतिप्रर्धा गर्न सक्षम भएको बताए । उनले भने, राज्यले अझै पनि कृषि उद्योगलाई प्राथामिकता दिन नसक्दा अर्बाैको कृषि उत्पादन आयात भइरहेको छ । त्यसलाई रोक्न र ग्रामिण अर्थतन्त्रलाई अगाडी बढाउनका लागि पैचोले गाँउमै उद्योग खोलेर बजार बिस्तार गरिरहेको बताए ।

पैचो पसल प्रालिका बजार बिभाग प्रमुख लक्ष्मण गैरले भने ‘नेसनल सेल्स समिट तथा डिलर मिटले नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाएर अगाडी बढाउने छ । बजारमा प्रतिपर्धी बन्न टिमको आवश्यकता रहेको भन्दै बलियो टिमको साथमा पैचोले काम गरिरहेको छ ।’ स्वदेश तथा बिदेशमा रहेका उपभोक्तालाई सहज रुपमा पैचोका गुणस्तरिय उत्पादनलाई पुर्‍याउने काम मार्केटिङ बिभागले गरिरहेको उनले बताए ।

कार्यक्रममा पैचो पसल प्रा.लि.को बजार विभागमा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा ‘उत्कृष्ट कर्मचारी सम्मान–२०८२’ द्वारा रिजलन म्यानेजर तर्फबाट संगम पोखरेल, ‘उत्कृष्ट सेल्स सुपरभाइजर सम्मान–२०८२’ हरिहर खड्कालाई सम्मानित गरिएको थियो । यस्तै ‘उत्कृष्ठ डिएसआर सम्मान–२०८२’ मा रञ्जिता राउत, बिक्रम भण्डारी र रञ्जिता बस्याल पुरस्कृत भए ।

डिलरहरूले पैचोसंग जोडिएर काम गर्दा अपनत्व महसुस भएको बताएका थिए । उनीहरुले आफ्नो व्यावसायिक अनुभव, कम्पनीले गर्नु पर्ने रणनीति र अवसरहरूबारे छलफल गरेका थिए । पैचोले ग्रामिण कृषकले उत्पादन गर्ने कृषिउपजबाट टमाटो केचअप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत सय भन्दाबढी वस्तु उत्पादन गर्दै आएको छ ।